Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

वीरगंजबाट बिना भिसा नेपाल प्रवेश गरेका पोल्याण्ड नागरिक पक्राउ

spot_img
spot_img

वीरगंज । बिना भिसा नेपाल प्रवेश गरेका एक पोल्याण्ड नागरिक वीरगंजबाट पक्राउ परेका छन् । वीरगंज नाका हुँदै साेमबार भारत तर्फ जादै गरेका पासपोर्ट नं. E55350625 भएकाे पोल्याण्ड नागरिक MICHAL JERZY FIGURSKI पक्राउ परेका हुन् ।

चेकजाँचकाे क्रममा मिति २०२२ ओक्टुबर ०८ मा भारतकाे  बनवासबाट आउट स्ट्याम्प लगाई बिना भिसा नेपाल प्रवेश गरेका पाेल्याण्ड नागरिक वीरगंजमा पक्राउ परेकाे अध्यागमन कार्यालय वीरगंजले जनाएकाे छ ।

उनी नेपालका विभिन्न ठाउँमा १४ दिन भ्रमण गरेर साेमबार वीरगंज नाका हुँदै भारत जाने क्रममा पक्राउ परेका हुन् । उनी सवार मोटर साइकल नं. HP34D 2315 चेकजाँच गर्दा विना भिसा गैर कानुनी तरिकाले प्रबेश गरेकाे फेला परेकाे थियाे ।

पक्राउ पाेल्याण्ड नागरिकलाई आवश्यक कारवाही तथा अनुसन्धानका लागि अध्यागमन विभाग काठमाडाैं पठाईएकाे अध्यागमन कार्यालयले वीरगंजका प्रमुख राज कुशवाहाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...