Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

तेक्वान्दो स्वर्ण विजेतालाई उम्मेद्वार सिंहले गरे सम्मान

spot_img
spot_img

वीरगंज । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दो तर्फ स्वर्ण पदक विजेता वीरगंजका म. सोयब अख्तर सम्मानित भएका छन् । पर्सा क्षेत्र नम्बर २ काे २ का स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले एक कार्यक्रमका बीच स्वर्ण पदक विजेता खेलाडी अख्तरलाई मायाको चिनोसहित सम्मान गरेका हुन् ।

वीरगंज ३ निवासी अख्तरले पोखरामा भएको खेलमा नेपाल प्रहरीका सुवासचन्द्र बोहोरालाई पराजित गर्दै स्वर्ण पदक हात पारेका थिए । ५८ केजी समूहतर्फ खेलेका उनले बोहोरालाई पराजित गर्दै मधेस प्रदेश कै लागि तेक्वान्दो तर्फ उक्त पदक दिलाउन सफल भएका हुन् । तेक्वान्दोमा स्वर्ण पदक जित्ने प्रदेशमै उनी मात्रै एक खेलाडी हुन् ।

अख्तरलाई सम्मान गर्दै स्वतन्त्र उम्मेदवार सिंहले वीरगंज र पर्सा जिल्लाको मात्रै नभई प्रदेशकै नाम राख्न सफल हुनु गौरबको विषय भएको बताए । उनले भने, ‘यो वीरगंज र पर्सा जिल्लाको लागि मात्रै नभई समग्र प्रदेशकै लागि गौरबको विषय हो, वीरगंजेली छोरोले अवसर पाए गरेर देखाउँछ भन्ने उदाहरण पनि हो ।’

खेलबाट आफ्नो क्षेत्र र देश चिनाउने गरी आउँदा दिनमा पनि अग्रसर रहिरहन आग्रह गर्दै उनले खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...