Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

निर्माण व्यवसायी संघ, पर्साकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल निर्माण व्यवसायी संघ, पर्साकाे नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुकाे सपथ ग्रहण कार्यक्रम शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ । 

वीरगंजकाे तेजारथ टाेलस्थित साह दरबार हाेटलमा भएकाे कार्यक्रममा संघकाे ११ औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहरण गरेका हुन् । संघका नवनिर्वाचित अध्यक्ष सुरेश प्रसाद पटेललाई प्रमुख निर्वाचन अधिकृत संताेष कुमार श्रीवास्तवले सपथ ग्रहण गराएका थिए ।

त्यसपछि वाकी नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष पटेलले सपथ खुवाएका थिए ।  

अध्यक्ष पटेलबाट प्रथम उपाध्यक्ष ज्ञानेन्द्र मिश्र, द्वितिय उपाध्यक्ष अच्छेलाल प्रसाद चाैरसिया,  सचिव शनी यादव, सह सचिव संजय कुमा कुर्मी, काेषाध्यक्ष राजेश्वर प्रसाद राैनियार, सह काेषाध्यक्ष सदाम हुसेन, सदस्यहरु बिरेन्द्र प्रसाद कुर्मी, पारस ठाकुर हजाम, पुरुषाेत्म प्रसाद पटेल, अमाेद प्रसाद पटेल, बृजेश प्रसाद यादव, दिपेन्द्र प्रसाद साह साेनार, विकास कुमार साह, मनाेज कुमार साह, सतिश कुमार चाैरसियाले सथप ग्रहण गरेका थिए ।

निर्विराेध निर्वाचित भएका महिला सदस्यहरु प्रिया कुमारी पाण्डे र आशा कुमारी गुप्ता कार्यक्रममा उपस्थित नभएका कारण सपथ ग्रहण गरेनन् ।

संघका निर्वतमान अध्यक्ष रामाकान्त प्रसाद चाैरसियाकाे अध्यक्षतामा भएकाे सपथ ग्रहण कार्यक्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, महासचिव राेशन दाहाल, काेषाध्यक्ष हिरण कुमार श्रेष्ठ, मधेश प्रदेशका महासचिव राेहित खड्का, संघका संस्थापक अध्यक्ष एवम् सल्लाहकार सविर अंसारी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन संचारकर्मी निलिमा पाैडेलले गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...