Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

स्वतन्त्र उम्मेदवार सिंह मतदातासंग भेटघाट गर्दै मत माग्दै

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर २ काे २ का स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले मतदातासँगको भेटघाटलाई शुक्रबार पनि निरन्तरता दिएका छन् ।

सिंहले शुक्रबार क्षेत्र अन्तर्गकाे वीरगंज महानगरपालिका वडा नम्बर २४ का मतदातालाई भेट गरेर आफ्ना एजेण्डा राख्दै आउदो निर्वाचनमा सहयोग गर्न आग्रह गरेका हुन् । मतदाताहरुले अब स्वतन्त्रलाई नै अघि सार्ने भन्दै योग्य, सक्षम उम्मेदवार सिंह बाहेक अन्य नदेखिएकाले उनकै पक्षमा मतदान गर्ने प्रतिकृया दिए ।

स्थानीय मुकेस साहले दलीय उम्मेद्वारका साथै केही स्वतन्त्र भन्दै हिँडेका उम्मेदारबाट क्षेत्रको समग्र विकास हुन नसक्ने आफूले देखेको भन्दै त्यसका लागि सिंह एक मात्रै विकल्प रहेको बताए ।

उनले भने, ‘पहिले जितेर गएकाहरुको काम पनि हामीले हेरिसकेका छौँ, उनको भुलभुलैया गफमा हामी पर्दैनौँ, तपाईलाई जिताउने अभियानमा हामी सँगसँगै हिँड्न तयार छौँ ।’

रोड, नाला भन्ने कुरा विकासको चरणमा हुँदै जाने कुरा भएको भन्दै उनले समग्र विकासका कुरा गर्ने उम्मेदवार सिंह मात्रै देखेकाले सबैले उनलाई साथ दिनुपर्ने बताए ।

‘रोड, नाला जस्ता भौतिक निर्माण भन्ने कुरा त विकासको चरणमा हुँदै जाने कुरा हो, तर त्यस ठाउँको शिक्षा, स्वास्थ्य तथा स्वरोजगारको सवालमा के काम भयो त भन्ने कुरा महत्वपूर्ण हो,’ उनले भने, ‘यो समग्र विकासको एजेण्डासहित आएका उम्मेदवार सिंहको पक्षमा सबैले मतदान गरौँ ।’

स्थानीय मतदाताको सुझाव र सल्लाह बमोजिम नै आफू अघि बढ्ने भन्दै उम्मेदवार सिंहले त्यसका लागि अहिले चुनावमा साथ दिएर सहयोग गर्न सबैलाई आह्वान गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...