Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

एमाले प्रबेश गरेका पूर्व वडाध्यक्ष अहिर पुन: कांग्रेस मै फर्के

spot_img
spot_img

वीरगंज । पर्सामा दुई दिन पहिला मात्रै नेपाली काँग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका एक नेता फेरि काँग्रेसमै फर्किएका छन् ।

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने विन्दवासीनी गाँउपालिका वडा नम्बर ५ का पूर्ब वडाध्यक्ष सुकदेव राउत अहिर, गत सोमबार मात्रै काँग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका थिए । पर्सा ३ का एमाले उम्मेदवार राज कुमार गुप्ताले चुनावी कार्यक्रममै अहिरलाई टिका र गम्छा लगाएर पार्टी प्रबेश गराएका थिए ।

तर अहिर दुई दिन पनि एमालेमा टिक्न सकेनन् । उनि बुधबार फेरि काँग्रेसमा फर्किएका हुन् । नेपाली काँग्रेसका विन्दवासीनी गाँउपालिकाका सभापति विवेक चौरसियाको पहलमा अहिर बुधबार फेरि काँग्रेसमा फर्किएका हुन् ।

बुधबार पुन काँग्रेसमा फर्किएका पूर्व वडाध्यक्ष अहिरले आफु कांग्रेस मै रहेकाे वताए । उनले आफनो सारा जिवन काँग्रेसमै बिताएको र अबको बाँकी राजनीतिक जीवन पनि काँग्रेसलाई नै समर्पित गर्ने बताए ।

गाउँपालिका सभापति चाैरसिया सहित नेपाली कांग्रेस पर्सा क्षेत्र ३ काे २ का सभापति अनोज चौरसिया,  वडा नं. ३ अध्यक्ष जयप्रकाश चौरसिया, वडा सदस्य बिरबल राम, नेपाल तरुण दल पर्साका सदस्य उपनेश चौरसिया, आनन्द चौहान अजय गुप्ता लगायतले अहिरलाई समझाई बुझाई पुन: कांग्रेसमा फर्काउन सफल भएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...