Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

एमाले प्रबेश गरेका पूर्व वडाध्यक्ष अहिर पुन: कांग्रेस मै फर्के

spot_img
spot_img

वीरगंज । पर्सामा दुई दिन पहिला मात्रै नेपाली काँग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका एक नेता फेरि काँग्रेसमै फर्किएका छन् ।

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने विन्दवासीनी गाँउपालिका वडा नम्बर ५ का पूर्ब वडाध्यक्ष सुकदेव राउत अहिर, गत सोमबार मात्रै काँग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका थिए । पर्सा ३ का एमाले उम्मेदवार राज कुमार गुप्ताले चुनावी कार्यक्रममै अहिरलाई टिका र गम्छा लगाएर पार्टी प्रबेश गराएका थिए ।

तर अहिर दुई दिन पनि एमालेमा टिक्न सकेनन् । उनि बुधबार फेरि काँग्रेसमा फर्किएका हुन् । नेपाली काँग्रेसका विन्दवासीनी गाँउपालिकाका सभापति विवेक चौरसियाको पहलमा अहिर बुधबार फेरि काँग्रेसमा फर्किएका हुन् ।

बुधबार पुन काँग्रेसमा फर्किएका पूर्व वडाध्यक्ष अहिरले आफु कांग्रेस मै रहेकाे वताए । उनले आफनो सारा जिवन काँग्रेसमै बिताएको र अबको बाँकी राजनीतिक जीवन पनि काँग्रेसलाई नै समर्पित गर्ने बताए ।

गाउँपालिका सभापति चाैरसिया सहित नेपाली कांग्रेस पर्सा क्षेत्र ३ काे २ का सभापति अनोज चौरसिया,  वडा नं. ३ अध्यक्ष जयप्रकाश चौरसिया, वडा सदस्य बिरबल राम, नेपाल तरुण दल पर्साका सदस्य उपनेश चौरसिया, आनन्द चौहान अजय गुप्ता लगायतले अहिरलाई समझाई बुझाई पुन: कांग्रेसमा फर्काउन सफल भएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...