Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

आफुलाई चुनाव जिताउन मुठिदान गर्न उम्मेदवार सर्राफकाे आग्रह

spot_img
spot_img

वीरगंज । प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ काे (२) का उम्मेदवार ओमप्रकाश सर्राफले चुनावी भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् । प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफले साेमबार वीरगंज महानगरपालिकाकाे वडा नं. १६ इनार्वामा भेटघाट गरेका छन् ।

लाैराै चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका सर्राफले आफ्नाे निर्वाचन क्षेत्र अन्तर्गतकाे इनार्वामा मतदाताहरुसंग भेटघाट गर्दै आफुलाई मतादन गर्न आग्रह गरेका हुन् । उनले आफु सधै जनताकाे सेवा गरेकाे र जनताकाे सुख, दु:खमा साथमा रहेकाेले आफ्नाे चुनाव चिन्ह लाैराेमा मतदान गर्न आग्रह गरेका हुन् ।

भेटघाटकाे क्रममा मतदाताहरुले आफुलाई मतदान गर्न एकदम उत्साहित देखिएकाे उम्मेदवार सर्राफले वताए । यस क्षेत्रमा यसअघिकाे निर्वाचनमा निर्वाचित मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचारकाे अलावा केही नगरेकाे आराेप लगाउँदै सर्राफले आफु निर्वाचित भए भ्रष्टाचारहीकाे ठेगान लगाउने वताए ।

उम्मेदवार सर्राफले भेटघाटकाे क्रममा आफ्नाे जिवन समाज सेवा र संघर्षमा समर्पण गरेकाेले आफुसंग अरु उम्मेदवारकाे सरह आर्थिक खर्च गर्ने अवस्था नरहेकाे वताउँदै मुठिदान गरेर भएपनि चुनाव जिताउन आग्रह गरेका हुन् । 

यसअघि आइतबार पनि उम्मेदवार सर्राफले वीरगंज महानगरपालिकाकाे वडा नं. १५ भेडिहायीमा मतदाता भेटघाट गरेका थिए । त्यहाँ पनि भेटघाटकाे क्रममा आफुलाई मतदान गर्न मतदाता उत्साहित देखिएकाे उम्मेदवार सर्राफले वताए ।

भेटघाटमा इन्जिनियर गजेन्द्र दास, समाजसेवी जगदिश साह, युवा नेताहरू संजय पटेल, भागिरिथ साह, सत्युग साह, समाजिक अभियन्ता किसन कुमार, ओम साह, अभियन्ता चन्दन साह लगायतकाे पनि सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...