Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

आफुलाई चुनाव जिताउन मुठिदान गर्न उम्मेदवार सर्राफकाे आग्रह

spot_img
spot_img

वीरगंज । प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ काे (२) का उम्मेदवार ओमप्रकाश सर्राफले चुनावी भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् । प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफले साेमबार वीरगंज महानगरपालिकाकाे वडा नं. १६ इनार्वामा भेटघाट गरेका छन् ।

लाैराै चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका सर्राफले आफ्नाे निर्वाचन क्षेत्र अन्तर्गतकाे इनार्वामा मतदाताहरुसंग भेटघाट गर्दै आफुलाई मतादन गर्न आग्रह गरेका हुन् । उनले आफु सधै जनताकाे सेवा गरेकाे र जनताकाे सुख, दु:खमा साथमा रहेकाेले आफ्नाे चुनाव चिन्ह लाैराेमा मतदान गर्न आग्रह गरेका हुन् ।

भेटघाटकाे क्रममा मतदाताहरुले आफुलाई मतदान गर्न एकदम उत्साहित देखिएकाे उम्मेदवार सर्राफले वताए । यस क्षेत्रमा यसअघिकाे निर्वाचनमा निर्वाचित मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचारकाे अलावा केही नगरेकाे आराेप लगाउँदै सर्राफले आफु निर्वाचित भए भ्रष्टाचारहीकाे ठेगान लगाउने वताए ।

उम्मेदवार सर्राफले भेटघाटकाे क्रममा आफ्नाे जिवन समाज सेवा र संघर्षमा समर्पण गरेकाेले आफुसंग अरु उम्मेदवारकाे सरह आर्थिक खर्च गर्ने अवस्था नरहेकाे वताउँदै मुठिदान गरेर भएपनि चुनाव जिताउन आग्रह गरेका हुन् । 

यसअघि आइतबार पनि उम्मेदवार सर्राफले वीरगंज महानगरपालिकाकाे वडा नं. १५ भेडिहायीमा मतदाता भेटघाट गरेका थिए । त्यहाँ पनि भेटघाटकाे क्रममा आफुलाई मतदान गर्न मतदाता उत्साहित देखिएकाे उम्मेदवार सर्राफले वताए ।

भेटघाटमा इन्जिनियर गजेन्द्र दास, समाजसेवी जगदिश साह, युवा नेताहरू संजय पटेल, भागिरिथ साह, सत्युग साह, समाजिक अभियन्ता किसन कुमार, ओम साह, अभियन्ता चन्दन साह लगायतकाे पनि सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...