Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

प्रदेशसभा पर्सा १ काे (क) मा चार उम्मेदवार बिच प्रतिस्पर्धा

spot_img
spot_img

वीरगंज । प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. १ काे (क) मा १८ जना उम्मेदवार रहेपनि चार जना बिच प्रतिस्पर्धा हुने भएकाे छ । प्रदेशसभा सदस्यमा यस क्षेत्रमा विभिन्न दलबाट ६ जना र स्वतन्त्र १२ जना उम्मेदवार छन् ।

एमाले-जसपा गठबन्धनबाट एमालेका बिचारी यादव, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रहबर अन्सारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिल कुमार कुशवाहा, नेपाल लाेकतान्त्रिक पार्टीबाट अमानुल्लाह अन्सारी, जनमत पार्टीबाट वाजुलहक अंसारी, नेपाल संघिय समाजवादी पार्टीबाट साेएब अंसारी उम्मेदवार छन् । 

यसैगरी स्वतन्त्रबाट अब्दुल बरकाल अंसारी, किशाेर प्रसाद यादव, कृष्ण प्रसाद कुर्मी, जनत अंसारी, नसुरलाह अंसारी, मठु राउत अहिर, मुकेश कुमार यादव, रवि प्रसाद गुप्ता, राज कुमार यादव, रामनारयण राउत, समीम अख्तर अंसारी र सुधिर पटेल उम्मेदवार छन् ।

जस मध्ये एमालेका बिचारी यादव, माओवादी केन्द्रका रहबर अंसारी, स्वतन्त्र जनत अंसारी र सुधिर पटेल बिच प्रतिस्पर्धा हुने स्थानिय मतदाताकाे भनाई छ ।

बिचारी एमालेका मधेश प्रदेश कमिटीका सदस्य हुन् । उनी संविधान सभा सदस्य समेत हुन् । रहबर माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन् । उनी गण्डक हस्पिटलका र रहबर केयरका संचालक समेत हुन् ।

जनत बर्तमान प्रदेशसभा सदस्य हुन् । उनी यस अघिकाे २०७४ काे निर्वाचनमा तत्कालिन संघिय समाजवादी फाेरम नेपाल र हालका जसपाबाट निर्वाचित भएका थिए । जसपाले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सुधिर नेवि संघका पूर्व केन्द्रिय सदस्य हुन् । उनी नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य उम्मेदवार हुन टिकटकाे आकांक्षी थिए तर कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार भएका हुन् । 

उम्मेदवारी दर्तापछि हुने चुनावी चर्चामा यी चार उम्मेदवारहरु बिच नै प्रतिस्पर्धा हुने अधिकांशकाे भनाई रहेकाे छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...