Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

प्रदेशसभा पर्सा १ काे (क) मा चार उम्मेदवार बिच प्रतिस्पर्धा

spot_img
spot_img

वीरगंज । प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. १ काे (क) मा १८ जना उम्मेदवार रहेपनि चार जना बिच प्रतिस्पर्धा हुने भएकाे छ । प्रदेशसभा सदस्यमा यस क्षेत्रमा विभिन्न दलबाट ६ जना र स्वतन्त्र १२ जना उम्मेदवार छन् ।

एमाले-जसपा गठबन्धनबाट एमालेका बिचारी यादव, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रहबर अन्सारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिल कुमार कुशवाहा, नेपाल लाेकतान्त्रिक पार्टीबाट अमानुल्लाह अन्सारी, जनमत पार्टीबाट वाजुलहक अंसारी, नेपाल संघिय समाजवादी पार्टीबाट साेएब अंसारी उम्मेदवार छन् । 

यसैगरी स्वतन्त्रबाट अब्दुल बरकाल अंसारी, किशाेर प्रसाद यादव, कृष्ण प्रसाद कुर्मी, जनत अंसारी, नसुरलाह अंसारी, मठु राउत अहिर, मुकेश कुमार यादव, रवि प्रसाद गुप्ता, राज कुमार यादव, रामनारयण राउत, समीम अख्तर अंसारी र सुधिर पटेल उम्मेदवार छन् ।

जस मध्ये एमालेका बिचारी यादव, माओवादी केन्द्रका रहबर अंसारी, स्वतन्त्र जनत अंसारी र सुधिर पटेल बिच प्रतिस्पर्धा हुने स्थानिय मतदाताकाे भनाई छ ।

बिचारी एमालेका मधेश प्रदेश कमिटीका सदस्य हुन् । उनी संविधान सभा सदस्य समेत हुन् । रहबर माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन् । उनी गण्डक हस्पिटलका र रहबर केयरका संचालक समेत हुन् ।

जनत बर्तमान प्रदेशसभा सदस्य हुन् । उनी यस अघिकाे २०७४ काे निर्वाचनमा तत्कालिन संघिय समाजवादी फाेरम नेपाल र हालका जसपाबाट निर्वाचित भएका थिए । जसपाले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सुधिर नेवि संघका पूर्व केन्द्रिय सदस्य हुन् । उनी नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य उम्मेदवार हुन टिकटकाे आकांक्षी थिए तर कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार भएका हुन् । 

उम्मेदवारी दर्तापछि हुने चुनावी चर्चामा यी चार उम्मेदवारहरु बिच नै प्रतिस्पर्धा हुने अधिकांशकाे भनाई रहेकाे छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...