Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्सा १ मा मुख्य प्रतिस्पर्धी यादव र द्विवेदी

spot_img
spot_img

वीरगंज । पर्साकाे निर्वाचन क्षेत्र नं १ काे प्रतिनिधिसभा सदस्यमा २० जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा जनता समाजवादी पार्टी (जसपा) का प्रदिप यादव र स्वतन्त्र उम्मेदवार अजय द्विवेदी बिच हुने देखिएकाे छ ।

यादव एमाले-जसपा गठबन्धनका उम्मेदवार हुन् । उनी पूर्व मन्त्री एवम् जसपाका केन्द्रिय सदस्य समेत हुन् । द्विवेदी नेपाली कांग्रेस पर्साकाे पूर्व जिल्ला सभापति हुन् । उनी कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

यसैगरी सत्ता गठबन्धनबाट लाेकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मण लाल कर्ण उम्मेदवार छन् । उनी यस अघिकाे निर्वाचनमा पर्सा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किरणमान डंगाेल, नेपाल सुशासन पार्टीबाट अजय कुमार रिजाल, नेपाल मजदुर किशान पार्टीबाट मुकेश कुशवाहा, नेपाल लाेकतान्त्रिक पार्टीबाट सुन्दर साह कानु, नेपाल जनता पार्टीबाट सुरेश प्रसाद साह, राष्ट्रिय जनमुक्ति पार्टी हसिबुर रहमान अंसारी, नेपाल कम्युनिष्ट पार्टी मार्कसवादी (पुष्पलाल) बाट शंकर प्रसाद चाैरसिया लगायतका उम्मेदवार छन् ।

याे क्षेत्रकाे प्रतिधिनिसभामा विभिन्न दलबाट ९ जना उम्मेदवार छन् भने स्वतन्त्र उम्मेदवार ११ जना छन् । उम्मेदवारी दर्तापछि सुरु भएकाे चुनावी चर्चाकाे क्रममा अधिकांशले पर्सा क्षेत्र नं. १ काे प्रतिनिधिसभामा प्रदिप यादव र अजय द्विवेदी बिच नै रहेकाे वताउने गरेका छन् ।

यादव यसअघिकाे निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् लाेकप्रिय उम्मेदवार भएकाेले जाे सुकैकाे उनीसंगै प्रतिनिस्पर्धा हुने स्थानियहरुकाे भनाई छ । यस क्षेत्रमा कांग्रेसकाे पकड पनि बलियाे रहेकाे र कांग्रेसबाट काेई उम्मेदवार नभएका कारण द्विवेदी पनि बलियाे प्रतिस्पर्धीकाे रुपमा देखिएका छन् । 

अर्का उम्मेदवार लक्ष्मण लाल कर्णकाे खासै चर्चा सुनिएकाे छैन् । उनी यस अघि निर्वाचित क्षेत्रमा पनि खासै काम नगरेका कारण र याे पालि चुनाव लडेकाे क्षेत्रमा लाेसपाकाे संगठन बलियाे नरहेकाेले उनी कम्मजाेर उम्मेदवारकाे रुपमा देखिएका छन् ।  

कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, लाेसपासहितकाे पांच दलिय गठबन्धनका उम्मेदवार कर्ण भएपनि गठबन्धनकाे प्रभावकारिता देखिएकाे छैन् ।

कांग्रेसकाे बागी उम्मेदवारकाे रुपमा स्वतन्त्र द्विवेदी चुनावी प्रतिस्पर्धामा रहेकाेले कांग्रेसकाे अधिकांश मत द्विवेदीकाे पक्षमा जाने स्थानियकाे आंकलन छन् । एमालेका असन्तुष्ट पक्षकाे मत पनि द्विवेदीकाे पक्षमा जाने धेरैकाे अनुमानले उनी बलियाे उम्मेदवार मानिएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...