Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

प्रधानमन्त्री देउवाले गरे जसपाका ४ मन्त्रीलाई पदमुक्त

spot_img
spot_img

वीरगंज । सत्ता गठबन्धन तोडेर नेकपा एमालेको गठबन्धनमा गएपछि सरकारमा सहभागी रहेका जसपाका मन्त्रीहरू पदमुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार उनीहरूलाई पदमुक्त गरेका हुन् । 

सामान्य प्र्रशासन तथा सङ्घीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ, कृषिमन्त्री तथा पशु पंक्षी मन्त्रि मृर्गेन्द्र सिंह यादव, वन तथा वातावरणमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईस्तिायक राइलाई प्रधानमन्त्री देउवाले पदमुक्त गरेका हुन् । 

मन्त्रीहरू पदमुक्त भएको र ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले आफैँसँग राखेको कार्यविभाजन राष्ट्रपति विद्यादेवी भण्डारी गरेकी छन् । 

यस्तै ६ महिनामा सांसद हुन नसकेपछि गैर सांसद् मन्त्री भएका कानुनमन्त्री गोविन्द बन्दीको पनि मन्त्री पद गएको छ । उक्त मन्त्रालयको जिम्मेवारी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...