Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्सा क्षेत्र नं. ४ बाट दुई जनाकाे उम्मेदवारी फिर्ता

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका दुई जनाले आफ्नाे उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्तत्र पार्टीबाट मनाेनयन पत्र दर्ता गराएका टेक बहादुर शाक्य र स्वतन्त्र मनाेनयन पत्र दर्ता गराएका महमद कलिम मंसुरीले आफ्नाे नाम फिर्ता लिएकाे निर्वाचन अधिकृतकाे कार्यालय पर्सा क्षेत्र नं. ४ ले जनाएकाे छ ।

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. ४ लंगडी पर्सामा निज उम्मेदवारहरुले आफै उपस्थित भई निवेदन पेश गरेको हुँदा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २५ को उपदफा (४) बमोजिम निजको नाम उम्मेदवारको सूचीबाट हटाईएकाे निर्वाचन अधिकृत रमेश श्रेष्ठले जानकारी दिए ।

उम्मेदवारी फिर्ता लिने मध्येका शाक्य नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन् । उनी केहि दिन पहिला मात्र जसपा परित्याग गरि माओवादी केन्द्रमा प्रबेश गरेका थिए । उनी माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यकाे टिकटकाे लागि आकांक्षी थिए । तर गठबन्धनका कारण साे क्षेत्र नेपाली कांग्रेसकाे भागमा परेपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी दर्ता गराएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...