Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्सा क्षेत्र नं. ४ बाट दुई जनाकाे उम्मेदवारी फिर्ता

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका दुई जनाले आफ्नाे उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्तत्र पार्टीबाट मनाेनयन पत्र दर्ता गराएका टेक बहादुर शाक्य र स्वतन्त्र मनाेनयन पत्र दर्ता गराएका महमद कलिम मंसुरीले आफ्नाे नाम फिर्ता लिएकाे निर्वाचन अधिकृतकाे कार्यालय पर्सा क्षेत्र नं. ४ ले जनाएकाे छ ।

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. ४ लंगडी पर्सामा निज उम्मेदवारहरुले आफै उपस्थित भई निवेदन पेश गरेको हुँदा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २५ को उपदफा (४) बमोजिम निजको नाम उम्मेदवारको सूचीबाट हटाईएकाे निर्वाचन अधिकृत रमेश श्रेष्ठले जानकारी दिए ।

उम्मेदवारी फिर्ता लिने मध्येका शाक्य नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन् । उनी केहि दिन पहिला मात्र जसपा परित्याग गरि माओवादी केन्द्रमा प्रबेश गरेका थिए । उनी माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यकाे टिकटकाे लागि आकांक्षी थिए । तर गठबन्धनका कारण साे क्षेत्र नेपाली कांग्रेसकाे भागमा परेपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी दर्ता गराएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...