Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

जिराभवानीबाट लागु औषध गाँजा सहित दुई जना पक्राउ

spot_img
spot_img

वीरग‌ज ।  पर्साकाे जिराभावानी गाउँपालिका वडा नं. १ जगतियाबाट प्रहरीले लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेकाे छ । ईलाका प्रहरी कार्यालय सेढवाबाट खटिएको प्रहरी टोलीले पर्सा धोबिनी गा.पा.वडा नं. ५ निवासी ४५ बर्षिय नन्दलाल दास र छिपहरमाई गाउँपालिका वडा नं. ३ निवासी ३३ बर्षिय बाघा यादवलाई पक्राउ गरेकाे हाे ।

मंगलबार विहान १०:२० बजे जगतिया चौक स्थित खटिएको प्रहरी टोलीले बिभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई चेकजाँच गर्ने क्रम्मा विजयवस्तीबाट वीरगंज तर्फ जादै गरेको बिआर २२ के २१८० नम्बरको हिरो होण्डा स्प्लेंडर मोटरसाइकल रोकी कानूनी रीत पुर्‍याई चेकजाँच गर्दा उक्त मोटरसाइकलको डिकी भित्र र माेटरसाइकल चालक नन्दलाल दासले पिठ्युमा भिरेको झोला भित्र अवैध लागु पदार्थ (गाँजा) फेला परेको प्रहरीले जनाएकाे छ ।

सो सम्बन्धमा सोधपुछ गर्दा उक्त लागु औषध निजकै साथी बाघा यादवले दिएको खुल्न आएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । सोही समयमा निज बाघा यादव समेत सो स्थानमा आई पुगेकोले निजसंग सोधपुछ गर्दा हामी दुवै जना मिली ल्याएको हो प्रारम्भिक अनुसन्धानमा बुझिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

उक्त अवैध लागु औषध (गाँजा) वसार पसारमा संलग्नता देखिएको दुवै जनालाई कानुनी रीत पुर्‍याई लागु औषध बोक्न प्रयोग रहेको उल्लेखीत मोटरसाइकल र बरामद गाँजा तथा निजहरूलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रवक्ता गिरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

छोरीको कोर्ट म्यारिज प्रकरणमा रास्वपा धनुषाका सभापति र एसपीबीच विवाद

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका सभापति लक्ष्मेश्वर यादव र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काबीच छोरीको कोर्ट म्यारिज...

‘अर्नब’ चक्रवातको प्रभाव पर्न सक्ने भन्दै पर्सामा उच्च सतर्कता अपनाउन आग्रह

वीरगञ्ज । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय...

गोलबजारका तत्कालीन मेयर देवनाथ साहुसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नगरपालिकाको हाटबजार ठेक्का प्रक्रियामा एक करोड ६०...