Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

जिराभवानीबाट लागु औषध गाँजा सहित दुई जना पक्राउ

spot_img
spot_img

वीरग‌ज ।  पर्साकाे जिराभावानी गाउँपालिका वडा नं. १ जगतियाबाट प्रहरीले लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेकाे छ । ईलाका प्रहरी कार्यालय सेढवाबाट खटिएको प्रहरी टोलीले पर्सा धोबिनी गा.पा.वडा नं. ५ निवासी ४५ बर्षिय नन्दलाल दास र छिपहरमाई गाउँपालिका वडा नं. ३ निवासी ३३ बर्षिय बाघा यादवलाई पक्राउ गरेकाे हाे ।

मंगलबार विहान १०:२० बजे जगतिया चौक स्थित खटिएको प्रहरी टोलीले बिभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई चेकजाँच गर्ने क्रम्मा विजयवस्तीबाट वीरगंज तर्फ जादै गरेको बिआर २२ के २१८० नम्बरको हिरो होण्डा स्प्लेंडर मोटरसाइकल रोकी कानूनी रीत पुर्‍याई चेकजाँच गर्दा उक्त मोटरसाइकलको डिकी भित्र र माेटरसाइकल चालक नन्दलाल दासले पिठ्युमा भिरेको झोला भित्र अवैध लागु पदार्थ (गाँजा) फेला परेको प्रहरीले जनाएकाे छ ।

सो सम्बन्धमा सोधपुछ गर्दा उक्त लागु औषध निजकै साथी बाघा यादवले दिएको खुल्न आएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । सोही समयमा निज बाघा यादव समेत सो स्थानमा आई पुगेकोले निजसंग सोधपुछ गर्दा हामी दुवै जना मिली ल्याएको हो प्रारम्भिक अनुसन्धानमा बुझिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

उक्त अवैध लागु औषध (गाँजा) वसार पसारमा संलग्नता देखिएको दुवै जनालाई कानुनी रीत पुर्‍याई लागु औषध बोक्न प्रयोग रहेको उल्लेखीत मोटरसाइकल र बरामद गाँजा तथा निजहरूलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रवक्ता गिरीले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा कुटपिट घटनामा संलग्न एक जना पक्राउ, धार्मिक सद्भाव नबिगार्न प्रहरीको अपिल

वीरगंज । वीरगंज महानगरपालिका–२ स्थित ईदगाहा चोकमा भएको कुटपिट घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शुक्रबार साँझ...

गृह मन्त्री र गणेश यादवका परिवारबीच सम्झौता, १० लाख राहत र रोजगारी दिने सहमति

सिरहा । सिरहाको औरही गाउँपालिका–२, मोतिपुरमा गत श्रावण १४ गते भएको घटनामा मृत्यु भएका गणेश यादवका परिवार र गृह मन्त्रालयबीच सात बुँदे सम्झौता भएको...

‘मेयर पदमुक्ति लोकतन्त्रमाथिको प्रहार’ : एमालेले आफ्नै मुखमा हिलो छ्याप्यो– प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले)ले लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गर्दै लोकतन्त्रलाई नै मजाक बनाएको आरोप लगाएका छन्।...