Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

जसपाले टिकट नदिएपछि नेसुपाबाट उम्मेदवार

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालले टिकट नदिएपछि पर्साका दुई जना युवा नेताले नेपाल सुशासन पार्टी (नेसुपा)बाट उम्मेदवारी दिएका छन् ।

पर्साकाे क्षेत्र नं. ३ काे (क) बाट प्रदेशसभा सदस्यमा शिव कुमार साह र क्षेत्र नं. ३ कै (ख) बाट प्रदेशसभा सदस्यमा गाैरीशंकर साहले उम्मेदवारी दिएका हुन् । दुबै जना जसपाबाट साेही क्षेत्रकाे प्रदेशसभा सदस्य उम्मेदवारकाे आकांक्षी थिए । तर जसपाले टिकट नदिएपछि दुबै जना नेसुपाबाट उम्मेदवारी दिएका हुन् ।

जसपाले एमालेसंग गठबन्धन गरेपछि क्षेत्र नं. ३ काे प्रतिनिधिसभा एमालेकाे भागमा परेकाे छ । एमालेले राजकुमार गुप्तालाई उम्मेदवार बनाएकाे छ । प्रदेशसभा क्षेत्र नं. ३ काे (क) पनि एमाले कै भागमा परेकाे छ भने ३ काे (ख) जसपाकाे भागमा परेकाे छ ।

३ काे (क) मा एमालेले बर्तमान प्रदेशसभा सदस्य मंजुर अन्सारीलाई उम्मेदवार बनाएकाे छ । २०७४ काे निर्वाचनमा तत्कालिन संघिय समाजवादी फाेरम हालकाे जसपबाट निर्वाचित अन्सारीलाई जसपाले टिकट नदिने भएपछि केही समय पहिला मात्र एमाले प्रबेश गरेका थिए । 

जसपाले क्षेत्र नं. ३ काे (ख) मा डा. मधु गुप्तालाई उम्मेदवार बनाएकाे छ । डा. गुप्ता क्षेत्र नं. ३ काे प्रतिनिधि सभा सदस्य उम्मेदवारकाे आकांक्षी थिइन । उनी साेही क्षेत्रका निलम्वित प्रतिनिधिसभा सदस्य हरिनारायण राैनियारका छाेरी र डा. महेश्वर कुर्मीकी श्रीमती हुन् ।  

साे क्षेत्रकाे प्रतिनिधिसभा सदस्यमा नेसुपाबाट राजकुमार यादव उम्मेदवारी दिएका छन् । यसअघिकाे २०७४ निर्वाचनमा पनि यादव क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका थिए ।

यस क्षेत्रमा सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका सुरेन्द्र प्रसाद चाैधरी, प्रदेशसभा क्षेत्र नं. ३ काे (क) मा माओवादी केन्द्रका छाेटेलाल यादव, ३ काे (ख) मा कांग्रेसबाट जनार्दन सिंह क्षेत्री र नेकपा एसबाट प्रहलाद गिरीले उम्मेदवारी दिएका छन् ।

प्रदेश सभा क्षेत्र ३ काे (क) मा प्रमाेद जयसवाल, निर गिरी लगायतकाले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । प्रदेशसभा सदस्य उम्मेदवारकाे जसपाबाट जयसवाल र एमालेबाट गिरी दाबेदार थिए । तर दुबै दलले दुबै जनालाई टिकट नदिए पछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । दुबै जना सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवन निवासी नै हुन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...