Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

जसपाले टिकट नदिएपछि नेसुपाबाट उम्मेदवार

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालले टिकट नदिएपछि पर्साका दुई जना युवा नेताले नेपाल सुशासन पार्टी (नेसुपा)बाट उम्मेदवारी दिएका छन् ।

पर्साकाे क्षेत्र नं. ३ काे (क) बाट प्रदेशसभा सदस्यमा शिव कुमार साह र क्षेत्र नं. ३ कै (ख) बाट प्रदेशसभा सदस्यमा गाैरीशंकर साहले उम्मेदवारी दिएका हुन् । दुबै जना जसपाबाट साेही क्षेत्रकाे प्रदेशसभा सदस्य उम्मेदवारकाे आकांक्षी थिए । तर जसपाले टिकट नदिएपछि दुबै जना नेसुपाबाट उम्मेदवारी दिएका हुन् ।

जसपाले एमालेसंग गठबन्धन गरेपछि क्षेत्र नं. ३ काे प्रतिनिधिसभा एमालेकाे भागमा परेकाे छ । एमालेले राजकुमार गुप्तालाई उम्मेदवार बनाएकाे छ । प्रदेशसभा क्षेत्र नं. ३ काे (क) पनि एमाले कै भागमा परेकाे छ भने ३ काे (ख) जसपाकाे भागमा परेकाे छ ।

३ काे (क) मा एमालेले बर्तमान प्रदेशसभा सदस्य मंजुर अन्सारीलाई उम्मेदवार बनाएकाे छ । २०७४ काे निर्वाचनमा तत्कालिन संघिय समाजवादी फाेरम हालकाे जसपबाट निर्वाचित अन्सारीलाई जसपाले टिकट नदिने भएपछि केही समय पहिला मात्र एमाले प्रबेश गरेका थिए । 

जसपाले क्षेत्र नं. ३ काे (ख) मा डा. मधु गुप्तालाई उम्मेदवार बनाएकाे छ । डा. गुप्ता क्षेत्र नं. ३ काे प्रतिनिधि सभा सदस्य उम्मेदवारकाे आकांक्षी थिइन । उनी साेही क्षेत्रका निलम्वित प्रतिनिधिसभा सदस्य हरिनारायण राैनियारका छाेरी र डा. महेश्वर कुर्मीकी श्रीमती हुन् ।  

साे क्षेत्रकाे प्रतिनिधिसभा सदस्यमा नेसुपाबाट राजकुमार यादव उम्मेदवारी दिएका छन् । यसअघिकाे २०७४ निर्वाचनमा पनि यादव क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका थिए ।

यस क्षेत्रमा सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका सुरेन्द्र प्रसाद चाैधरी, प्रदेशसभा क्षेत्र नं. ३ काे (क) मा माओवादी केन्द्रका छाेटेलाल यादव, ३ काे (ख) मा कांग्रेसबाट जनार्दन सिंह क्षेत्री र नेकपा एसबाट प्रहलाद गिरीले उम्मेदवारी दिएका छन् ।

प्रदेश सभा क्षेत्र ३ काे (क) मा प्रमाेद जयसवाल, निर गिरी लगायतकाले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । प्रदेशसभा सदस्य उम्मेदवारकाे जसपाबाट जयसवाल र एमालेबाट गिरी दाबेदार थिए । तर दुबै दलले दुबै जनालाई टिकट नदिए पछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । दुबै जना सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवन निवासी नै हुन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...