Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

माओवादीले टिकट नदिए पनि शाक्य र यादवकाे उम्मेदवारी दर्ता

spot_img
spot_img

वीरगंज । टिकटकाे लागि नेकपा माओवादी केन्द्र प्रबेश गरेका टेक बहादुर शाक्य र बिरेन्द्र यादवलाई पार्टीले टिकट नदिए पनि उम्मेदवारी दर्ता गराएका छन् । 

केही दिन पहिला मात्र जनता समाजवादी पार्टी परित्याग गरि माओवादी केन्द्र प्रबेश गरेका शाक्यले राष्ट्रिय स्वतन्त्र पार्टीबाट पर्सा क्षेत्र नं. ४ काे प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् भने यादवले स्वतन्त्रबाट प्रदेशसभा क्षेत्र नं. ४ काे (क) मा उम्मेदवारी दर्ता गराएका छन् ।

शाक्यले पर्सा क्षेत्र नं. ४ कै प्रतिनिधिसभा सदस्य र यादवले पर्सा क्षेत्र नं ४ कै (क) बाट प्रदेशसभा सदस्यकाे टिकट पाउने आशमा माओवादी केन्द्र प्रबेश गरेका थिए । तर साे क्षेत्रहरु गठबन्धनका कांग्रेसकाे भागमा परेपछि प्रतिनिधिसभा सदस्यमा रमेश रिजाल र प्रदेशसभा सदस्य शंकर चाैधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

पर्सा क्षेत्र नं. ४ काे (ख) माओवादी केन्द्रकाे भागमा परेपनि त्यस क्षेत्रमा माओवादीले शेखचान्द तारालाई उम्मेदवार बनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...