Date
शुक्र, साउन ८, २०८३
Fri, July 24, 2026

पर्सामा दुई गठबन्धनका उम्मेदवार बिच कडा प्रतिस्पर्धा

spot_img
spot_img

वीरगंज । पर्साकाे चार वटै निर्वाचन क्षेत्रमा दुई गठबन्धन बिच कडा प्रतिस्पर्धा हुने भएकाे छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लाेकतान्त्रिक समाजवादीसहितकाे पांच दलिय सत्तारुढ गठबन्धन र नेकपा एमाले-जनता समाजवादीकाे गठबन्धन बिच प्रतिस्पर्धा देखिएकाे हाे ।

दुबै गठबन्धनबाट आइतबार पर्साकाे चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएकाे छ ।

सत्तारुढ गठबन्धनबाट पर्सा निर्वाचन क्षेत्र नं. १ काे प्रतिनिधिसभामा लाेसपाका लक्षमण लाल कर्णले उम्मेदवारी दिएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ काे (क) मा माओवादी केन्द्रका रहबर अन्सारी र १ काे (ख) मा कांग्रेसका रामनारायण कुर्मीले उम्मेदवारी दर्ता गराएका छन् । 

एमाले-जसपा गठबन्धनबाट क्षेत्र नं. १ कै प्रतिनिधिसभा सदस्यमा संघिय सरकारका वन तथा बाताबरण मन्त्री जसपाका प्रदिप यादवले उम्मेदवारी दिएका छन् । प्रदेशसभा क्षेत्र नं. १ को (क)मा एमालेका बिचारी यादव र १ को (ख) मा जसपाका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नं. १ काे प्रतिनिधिसभा सदस्यमा कांग्रेसका अजय कुमार द्विवेदीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । प्रदेशसभा क्षेत्र नं. १ काे (ख) मा लाेसपाका ओमप्रकाश सर्राफ पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

त्यसैगरी पर्सा निर्वाचन क्षेत्र नं. २ काे प्रदेशसभा सदस्यमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका अजय चाैरसियाले उम्मेदवारी दिएका छन् ।  प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ काे (क) मा कांग्रेस कै श्याम पटेल र २ काे (ख) मा लाेसपाका रमेश कुर्मीले उम्मेदवारी दिएका छन् ।

यसअघिकाे २०७४ काे निर्वाचनमा प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ काे (क) बाट कांग्रेसका राजेश्वर साह विजयी भएपनि यसपालिकाे निर्वाचनमा कांग्रेसले उनलाई टिकट दिएन । 

एमाले-जसपा गठबन्धनबाट क्षेत्र नं. २ काे प्रतिनिधिसभा सदस्यमा जसपाका सुरेन्द्र कुर्मीले उम्मेदवारी दिएका छन् । प्रदेशसभा क्षेत्र नं. २ काे (क) मा जसपाका रामनरेश यादव र २ काे (ख) एमालेका हरेराम पटेलले उम्मेदवारी दिएका छन् । 

क्षेत्र नं. २ काे (ख) मा प्रदेशसभा सदस्यमा जसपा कै करिमा बेग्म, मुकेश द्विवेदी, लाेसपाका शशिकपुर मियाँ लगायतकाले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।  

यसैगरी पर्सा कै निर्वाचन क्षेत्र नं. ३ काे प्रतिनिधिसभा सदस्यमा सत्तारुठ गठबन्धनबाट कांग्रेसका सुरेन्द्र प्रसाद चाैधरीले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. ३ काे (क) मा माओवादी केन्द्रबाट छाेटेलाल यादव र ३ काे (ख) मा कांग्रेसबाट जनार्दन सिंह क्षेत्री र एकीकृत समाजवादीबाट प्रहलाद गिरीले उम्मेदवारी दर्ता गराएका छन् । 

प्रतिपक्षि एमाले-जसपा गठबन्धनबाट क्षेत्र नं. ३ काे प्रतिनिधिसभा सदस्यमा एमालेबाट राजकुमार गुप्ताले उम्मेदवारी दिएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. ३ काे (क) मा एमालेबाट मंजुर अन्सारी, ३ काे (ख) मा जसपाकी डा. मधु गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् । 

क्षेत्र नं. ३ काे प्रतिनिधिसभा सदस्य मै नेपाल सुशासन पार्टीबाट राजकुमार यादव, प्रदेशसभा क्षेत्र नं. ३ काे (क) शिव कुमार साह र ३ काे (ख) मा गाैरीशंकर साहले उम्मेदवारी दर्ता गराएका छन् । जसपाबाट प्रदेशसभा सदस्यकाे अकांक्षी रहेका शिव र गाैरीशंकलाई जसपाले टिकट नदिएपछि दुबै जना नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिएका हुन् । 

प्रदेशसभा निर्वाचन क्षेत्र नं. ३ काे (क) मा प्रमाेद जयसवाल र निर गिरी लगायतकाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जयसवाल जसपाबाट र गिरी एमालेबाट प्रदेशसभा सदस्यका आकांक्षी थिए । दुबै जनालाई दुबै दलले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । दुबै जना सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ६ महुवनका हुन् ।

यसैगरी पर्सा क्षेत्र नं. ४ काे प्रतिनिधिसभा सदस्य सत्तारुढ गठबन्धनबाट कांग्रेसका रमेश रिजालले उम्मेदवारी दिएका छन् । गठबन्धन कै तर्फबाट प्रदेशसभा निर्वाचन क्षेत्र नं. ४ काे (क) मा कांग्रेस कै बर्तमान प्रदेशसभा सदस्य शंकर चाैधरी र ४ काे (ख) मा  माओवादी केन्द्रकी शेखचान्द ताराले उम्मेदवारी दिएका छन् । 

प्रतिपक्षि गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमालेबाट जालिम मियाँले उम्मेदवारी दिएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. ४ काे (क) मा एमाले कै जयप्रकाश थारु र ४ काे (ख) मा जसपाका बर्तमान प्रदेशसभा सदस्य सिंघासन साह कलवारले उम्मेदवारी दिएका छन् । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तीन महिनादेखि बन्द पर्सागढी–६ को वडा सेवा सञ्चालन गराउन आन्दोलनको तयारी

वीरगंज । पर्सागढी नगरपालिका–६ को वडा कार्यालयबाट प्रवाह हुने सेवा तथा सिफारिसका काम विगत करिब तीन महिनादेखि बन्द भएपछि स्थानीयवासीले समस्या समाधानका लागि सक्रिय...

नेकपाको केन्द्रीय सदस्यमा पर्साका नेता साह, कुशवाहा र भट्टराई मनोनित

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा पर्साबाट थप तीन जना मनोनित भएका छन् । पार्टीले पर्साका बलिराम साह, रामदरश कुशवाहा र हिरा...

‘माई टिभी’ लाई प्रहरीको पत्रप्रति पत्रकार महासंघकाे आपत्ति, प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगर्न चेतावनी

वीरगंज । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्साले वीरगंजबाट प्रसारण हुने 'माई टिभी' लाई जिल्ला प्रहरी कार्यालय पर्साले पत्र काटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको...