Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्सामा एउटै क्षेत्रमा सत्तारुढ गठबन्धनबाट दुई जना उम्मेदवार

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ३ काे (ख) मा सत्तारुढ गठबन्धनबाट दुई जना उम्मेदवारी दर्ता गराएका छन् । ५ दलिय सत्तारुढ गठबन्धनका नेपाली कांग्रेसबाट जनार्दन सिंह क्षेत्री र नेकपा (एकीकृत समाजवादी) बाट प्रहलाद गिरी उम्मेदवारी दिएका हुन् ।

प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका क्षेत्री कांग्रेस पर्साका जिल्ला सभापति हुन् भने गिरी बर्तमान प्रदेशसभा सदस्य हुन् । 

पर्सा निर्वाचन क्षेत्र नं. ३ काे प्रतिनिधिसभा सदस्यमा सत्तारुढ गठबन्धनबाट कांग्रेस कै सुरेन्द्र प्रसाद चाैधरीले उम्मेदवारी दिएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. ३ काे (क) मा नेकपा माओवादी केन्द्रबाट छाेटेलाल प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा ३ काे (क) मा उम्मेदवारकाे टुङ्गाे लागेपनि ३ काे (ख) मा कांग्रेस र एकीकृत समाजवादी दुबैकाे दाबी देखिएकाे छ ।

यस क्षेत्रमा कांग्रेसबाट जिल्ला सभापति क्षेत्री स्वयम् आकांक्षी रहेका कारण कांग्रेस पर्साले छाडन मानेका छैनन् भने एकीकृत समाजवादी पर्सामा कमसेकम एउटा पनि सिट पाउनु पर्ने अडान कारण टुंगाे लाग्न नसकेकाे हाे । 

सिटबाँडफाडकाे समझाैता पत्रमा समेत साे क्षेत्रमा दुबै दलकाे नाम लेखिएका कारण दुबै दलले उम्मेदवारी दिएकाे बुझिएकाे छ । 

यस अघिकाे २०७४ काे निर्वाचनमा पनि गिरी र क्षेत्री बिच नै प्रतिस्पर्धा भएकाे थियाे । गिरी तत्कालिन संघिय समाजवादी फाेरमबाट चुनाव लडेका थिए भने क्षेत्री कांग्रेसबाट नै चुनाव लडेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...