Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्सामा एउटै क्षेत्रमा सत्तारुढ गठबन्धनबाट दुई जना उम्मेदवार

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ३ काे (ख) मा सत्तारुढ गठबन्धनबाट दुई जना उम्मेदवारी दर्ता गराएका छन् । ५ दलिय सत्तारुढ गठबन्धनका नेपाली कांग्रेसबाट जनार्दन सिंह क्षेत्री र नेकपा (एकीकृत समाजवादी) बाट प्रहलाद गिरी उम्मेदवारी दिएका हुन् ।

प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका क्षेत्री कांग्रेस पर्साका जिल्ला सभापति हुन् भने गिरी बर्तमान प्रदेशसभा सदस्य हुन् । 

पर्सा निर्वाचन क्षेत्र नं. ३ काे प्रतिनिधिसभा सदस्यमा सत्तारुढ गठबन्धनबाट कांग्रेस कै सुरेन्द्र प्रसाद चाैधरीले उम्मेदवारी दिएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. ३ काे (क) मा नेकपा माओवादी केन्द्रबाट छाेटेलाल प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा ३ काे (क) मा उम्मेदवारकाे टुङ्गाे लागेपनि ३ काे (ख) मा कांग्रेस र एकीकृत समाजवादी दुबैकाे दाबी देखिएकाे छ ।

यस क्षेत्रमा कांग्रेसबाट जिल्ला सभापति क्षेत्री स्वयम् आकांक्षी रहेका कारण कांग्रेस पर्साले छाडन मानेका छैनन् भने एकीकृत समाजवादी पर्सामा कमसेकम एउटा पनि सिट पाउनु पर्ने अडान कारण टुंगाे लाग्न नसकेकाे हाे । 

सिटबाँडफाडकाे समझाैता पत्रमा समेत साे क्षेत्रमा दुबै दलकाे नाम लेखिएका कारण दुबै दलले उम्मेदवारी दिएकाे बुझिएकाे छ । 

यस अघिकाे २०७४ काे निर्वाचनमा पनि गिरी र क्षेत्री बिच नै प्रतिस्पर्धा भएकाे थियाे । गिरी तत्कालिन संघिय समाजवादी फाेरमबाट चुनाव लडेका थिए भने क्षेत्री कांग्रेसबाट नै चुनाव लडेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...