Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

अजय द्विवेदीले दिए स्वतन्त्र उम्मेदवारी

spot_img
spot_img

वीरगंज । नेपाली काँग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदीले प्रतिनिधीसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।संविधानसभा सदस्य समेत रहेका द्विवेदीले पर्साको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभामा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

द्विवेदी, अन्तिम समय सम्म पार्टीबाट नै टिकट पाउनु पर्ने अडानमा थिए । तर शनिबार राति सत्तागठबन्धनमा रहेको काँग्रेस र लोसपा बिच चुनावी तालमेल गर्ने सहमति भएपछि पर्साा क्षेत्र नम्बर १ लाोसपाको भागमा परेको थियो ।

त्यसपछि द्धिवेदीले आइतबार दिउँसो वीरगंजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

इसअघि पनि द्विवेदीले पार्टीबाट टिकट नपाए आफु स्वतन्त्रवाट भएपनि चुनाव जसरी पनि लड्ने घोषणा गरेका थिए । त्यहि बिचमा उनि, एमालेबाट पनि चुनाव लड्न सक्ने चर्चा चलेको थियो ।

मनोनयन दर्ता गराएपछि प्रतिक्रिया दिदै शुरु मै द्विवेलीले भने ,‘ मेरो उम्मेदवारी विभेदको खिलाफ विद्रोह हो, अन्यायको खिलाफ विद्रोह हो ।

उनले अहिले दलहरु बिच गरिएको गठबन्धनलाइ ठगबन्धनको संज्ञा पनि दिए । गठबन्धनको जालोमा परेर पार्टीले आफुलाइ टिकट नदिएपनि आम काँग्रेसी नेता कार्यकर्ता र क्षेत्रका मतदाताको चाहनना अनुसार उम्मेदवारी दिएको उनले बताए ।

सत्तागठबन्धन र लोसपा बिच भएको चुनावी तालमेलको सहमतिमा पर्सा १ लोसपाले पाएको छ । लोसपाबाट यो क्षेत्रमा नेता लक्ष्मणलाल कर्णले उम्मेदवारी दिएका छन् ।

२०५४ सालको स्थानिय निकायको निर्वाचनमा तत्कालीन वीरगंज उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित द्विवेदी २०६४को पहिलो संविधान निर्वाचनमा पर्सा २ बाट निर्वाचित भएका थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा उनि वीरगंज महानगरको मेयरमा पराजित भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा...