Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्सा २ काे (ख) बाट रुपेशमानको स्वतन्त्र उम्मेदवारी

spot_img
spot_img

वीरगंज । समाजसेवी एवं युवा नेता रुपेशमान सिंह श्रेष्ठले प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनमा पर्साको क्षेत्र नम्बर २ (ख) बाट श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।

उम्मेद्वारी दर्ता गर्दै श्रेष्ठले कसैको दवाबमा नपरी स्वतन्त्र भएर जनताको काम गर्न आफूले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएको प्रतिकृया दिए । आफू सबैको साझा उम्मेद्वार भएको भन्दै उनले कुनै पनि दल र गठबन्धनमा नलागी स्वतन्त्र उम्मेद्वारी दिएको श्रेष्ठको प्रतिकृया थियो ।

उम्मेदवारी दर्ता गराउन श्रेष्ठ दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । वीरगंज वडा नम्बर १ का स्थायी वासिन्दासमेत रहेका श्रेष्ठ वीरगंज कै पुरानो मध्येको त्रिजुद्ध माम विद्यालयको व्यवस्थापन समितिमा रहेर एक दशक देखि शैक्षिक सुधारको क्षेत्रमा पनि क्रियाशिल छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...