Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026

पर्सा २ काे (ख) बाट रुपेशमानको स्वतन्त्र उम्मेदवारी

spot_img
spot_img

वीरगंज । समाजसेवी एवं युवा नेता रुपेशमान सिंह श्रेष्ठले प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनमा पर्साको क्षेत्र नम्बर २ (ख) बाट श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।

उम्मेद्वारी दर्ता गर्दै श्रेष्ठले कसैको दवाबमा नपरी स्वतन्त्र भएर जनताको काम गर्न आफूले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएको प्रतिकृया दिए । आफू सबैको साझा उम्मेद्वार भएको भन्दै उनले कुनै पनि दल र गठबन्धनमा नलागी स्वतन्त्र उम्मेद्वारी दिएको श्रेष्ठको प्रतिकृया थियो ।

उम्मेदवारी दर्ता गराउन श्रेष्ठ दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । वीरगंज वडा नम्बर १ का स्थायी वासिन्दासमेत रहेका श्रेष्ठ वीरगंज कै पुरानो मध्येको त्रिजुद्ध माम विद्यालयको व्यवस्थापन समितिमा रहेर एक दशक देखि शैक्षिक सुधारको क्षेत्रमा पनि क्रियाशिल छन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...