Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

जसपाका मुकेश द्विवेदीद्वारा पनि स्वतन्त्र उम्मेदवारी दर्ता

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) का युवा नेता मुकेश द्विवेदीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी जसपा परित्याग गरेर पर्सा निर्वाचन क्षेत्र नं. २ (ख) काे प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि जसपाबाटै उनले पर्सा २ को (ख) मा प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने आकांक्षा राखेका थिए । तर शनिबार जसपा र एमाले बिच भएको गठबन्धनमा उक्त क्षेत्र एमालेको भागमा परेपछि द्विवेदीले शनिबार बेलुकी जसपा छाडेको घोषणा गर्दै त्यहि क्षेत्रबाट आइतबार स्वतन्त्रमा उम्मेदवारी दिने उद्घोष गरेका थिए ।

नेपाली काँग्रेसको भातृ संगठन नेविसंघबाट राजनीतिक यात्रा थालेका द्विवेदी नेविसंघबाटै ठाकुरराम बहुमुखी क्याम्पसकाो स्ववियु सभापतिमा निर्वाचित पनि भएका थिए । त्यसपछि काँग्रेस छाडेर नेकपा माओवादी केन्द्रमा लागेका द्विवेदी तत्कालिन नयाँ शक्ति हुँदै हाल जसपामा सकृय रहेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...