Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

जसपाका मुकेश द्विवेदीद्वारा पनि स्वतन्त्र उम्मेदवारी दर्ता

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) का युवा नेता मुकेश द्विवेदीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी जसपा परित्याग गरेर पर्सा निर्वाचन क्षेत्र नं. २ (ख) काे प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि जसपाबाटै उनले पर्सा २ को (ख) मा प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने आकांक्षा राखेका थिए । तर शनिबार जसपा र एमाले बिच भएको गठबन्धनमा उक्त क्षेत्र एमालेको भागमा परेपछि द्विवेदीले शनिबार बेलुकी जसपा छाडेको घोषणा गर्दै त्यहि क्षेत्रबाट आइतबार स्वतन्त्रमा उम्मेदवारी दिने उद्घोष गरेका थिए ।

नेपाली काँग्रेसको भातृ संगठन नेविसंघबाट राजनीतिक यात्रा थालेका द्विवेदी नेविसंघबाटै ठाकुरराम बहुमुखी क्याम्पसकाो स्ववियु सभापतिमा निर्वाचित पनि भएका थिए । त्यसपछि काँग्रेस छाडेर नेकपा माओवादी केन्द्रमा लागेका द्विवेदी तत्कालिन नयाँ शक्ति हुँदै हाल जसपामा सकृय रहेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...