Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

जसपाका अन्सारी र बेगमद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

spot_img
spot_img

वीरगंज । पर्साको निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट प्रदेश सभा सदस्यमा जन्नत अन्सारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका अन्सारीले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

२०७४ को निर्वाचनमा यहि क्षेत्रबाट प्रदेशसभामा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट उनी निर्वाचित भएका थिए । जसपा एमाले गठबन्धनबाट यो क्षेत्रमा एमालेका विचारी यादवले टिकट पाएका छन् ।

अन्सारीले जसपा पार्टीले गठबन्धन गरेर एमालेलाई टिकट दिएपछि स्वतन्त्र उम्मेदवार हुनु परेको बताए । उनले विगतमा गरेको कामको मूल्यांकन गरेर जनताको चाहना अनुसार उम्मेदवार बनेको बताए ।

यसैगरी जसपाकी केन्द्रीय सदस्य करिमा बेगमले पनि पर्साकाे निर्वाचन क्षेत्र नम्बर २ काे (ख) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।  पार्टीले टिकट नदिएपछि उनी प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकि हुन् ।

२०६४ काे पहिलाे संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएकी बेगम, २०७४ काे निर्वाचनमा समानुपातिक तर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएकि थिइन् ।

आगामि मंसिर ४ काे निर्वाचनमा जसपा जिल्ला कार्यसमितिले बेगमकाे नाम पर्सा क्षेत्र नम्बर २ काे प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फ सिफारिस पनि गरेकाे थियाे । तर जसपा एमाले गठबन्धनबाट याे क्षेत्रमा जसपाका सुरेन्द्र कुर्मीले टिकट पाएका छन् ।

आईतवार प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता पछि सन्चारकर्मीलाई प्रतिक्रिया दिदै बेगमले पार्टीले आफुलाई टिकट नदिएपछि जनताकाे चाहना अनुसार जसपा त्यागेर स्वतन्त्र उम्मेदवारी दिएकाे बताइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...