Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

जसपाका अन्सारी र बेगमद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

spot_img
spot_img

वीरगंज । पर्साको निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट प्रदेश सभा सदस्यमा जन्नत अन्सारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका अन्सारीले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

२०७४ को निर्वाचनमा यहि क्षेत्रबाट प्रदेशसभामा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट उनी निर्वाचित भएका थिए । जसपा एमाले गठबन्धनबाट यो क्षेत्रमा एमालेका विचारी यादवले टिकट पाएका छन् ।

अन्सारीले जसपा पार्टीले गठबन्धन गरेर एमालेलाई टिकट दिएपछि स्वतन्त्र उम्मेदवार हुनु परेको बताए । उनले विगतमा गरेको कामको मूल्यांकन गरेर जनताको चाहना अनुसार उम्मेदवार बनेको बताए ।

यसैगरी जसपाकी केन्द्रीय सदस्य करिमा बेगमले पनि पर्साकाे निर्वाचन क्षेत्र नम्बर २ काे (ख) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।  पार्टीले टिकट नदिएपछि उनी प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकि हुन् ।

२०६४ काे पहिलाे संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएकी बेगम, २०७४ काे निर्वाचनमा समानुपातिक तर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएकि थिइन् ।

आगामि मंसिर ४ काे निर्वाचनमा जसपा जिल्ला कार्यसमितिले बेगमकाे नाम पर्सा क्षेत्र नम्बर २ काे प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फ सिफारिस पनि गरेकाे थियाे । तर जसपा एमाले गठबन्धनबाट याे क्षेत्रमा जसपाका सुरेन्द्र कुर्मीले टिकट पाएका छन् ।

आईतवार प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता पछि सन्चारकर्मीलाई प्रतिक्रिया दिदै बेगमले पार्टीले आफुलाई टिकट नदिएपछि जनताकाे चाहना अनुसार जसपा त्यागेर स्वतन्त्र उम्मेदवारी दिएकाे बताइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...