Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

एमाले र जसपा बिच सहमती, पर्सामा २/२ सिट भागबन्डा

spot_img
spot_img

वीरगंज । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो ।

यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ । प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ ।

सहमती अनुसार पर्सामा प्रतिनिधिसभाकाे २/२ सिट एमाले र जसपा भागबन्डा लगाएका छन् । जस अनुसार पर्सा निर्वाचन क्षेत्र नं. १ र २ जसपाकाे भागमा परेकाे छ भने ३ र ४ एमालेकाे भागमा परेकाे छ । 

जसपाले पर्सा क्षेत्र नं. १ बाट पुन: वन तथा बातावरण मन्त्री प्रदिप यादव र क्षेत्र नं. २ बाट सुरेन्द्र कुर्मीलाई उम्मेदवार बनाउने तयारी गरेकाे छ ।  एमालेले पर्सा क्षेत्र नं. ३ बाट राजकुमार गुप्ता र ४ बाट जालिम मियाँलाई उम्मेदवारी बनाउने सम्भावना रहेकाे छ ।

यसैगरी एमाले र जसपाले पर्साकाे प्रदेशसभामा ४/४ वटा क्षेत्रमा भागबन्डा लगाएका छन् । सहमती अनुसार पर्सा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ काे (क), २ काे (ख), ३ काे (क) र ४ काे (क) एमालेकाे भागमा परेकाे छ भने १ काे (ख), २ काे (क), ३ काे (ख) र ४ काे (ख) जसपाकाे भागमा परेकाे छ ।

एमालेले पर्सा प्रदेशसभा क्षेत्र नं. १ काे (क) मा बिराची यादव, २ काे (ख) मा हरेराम पटेल, ३ काे (क) मा निर गिरी वा मंजुर अन्सारी र ४ काे (क) जय प्रकाश थारुलाई उम्मेदवार बनाउने सम्भावना रहेकाे छ ।

 त्यसैगरी जसपाले पर्सा प्रदेशसभा १ काे (ख) मा पुन: मुख्यमन्त्री लालबाबु राउत गद्दी, २ काे (क) मा जिल्ला अध्यक्ष रामनरेश यादव, ३ काे (ख) मा गाैरीशंकर साह र ४ काे (ख) मा बर्तमान प्रदेशसभा सदस्य सिंगासन साह कलवारलाई उम्मेदवार बनाउने सम्भावना रहेकाे छ । 

जसपाले पर्सा प्रदेशसभा क्षेत्र नं. ३ काे (ख) मा प्रतिनिधिसभा सदस्यकाे दाबेदार रहेकी डा. मधु गुप्तालाई पनि उम्मेदवार बनाउन सक्ने पनि सम्भावना रहेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...