Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

एमाले र जसपा बिच सहमती, पर्सामा २/२ सिट भागबन्डा

spot_img
spot_img

वीरगंज । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो ।

यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ । प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ ।

सहमती अनुसार पर्सामा प्रतिनिधिसभाकाे २/२ सिट एमाले र जसपा भागबन्डा लगाएका छन् । जस अनुसार पर्सा निर्वाचन क्षेत्र नं. १ र २ जसपाकाे भागमा परेकाे छ भने ३ र ४ एमालेकाे भागमा परेकाे छ । 

जसपाले पर्सा क्षेत्र नं. १ बाट पुन: वन तथा बातावरण मन्त्री प्रदिप यादव र क्षेत्र नं. २ बाट सुरेन्द्र कुर्मीलाई उम्मेदवार बनाउने तयारी गरेकाे छ ।  एमालेले पर्सा क्षेत्र नं. ३ बाट राजकुमार गुप्ता र ४ बाट जालिम मियाँलाई उम्मेदवारी बनाउने सम्भावना रहेकाे छ ।

यसैगरी एमाले र जसपाले पर्साकाे प्रदेशसभामा ४/४ वटा क्षेत्रमा भागबन्डा लगाएका छन् । सहमती अनुसार पर्सा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ काे (क), २ काे (ख), ३ काे (क) र ४ काे (क) एमालेकाे भागमा परेकाे छ भने १ काे (ख), २ काे (क), ३ काे (ख) र ४ काे (ख) जसपाकाे भागमा परेकाे छ ।

एमालेले पर्सा प्रदेशसभा क्षेत्र नं. १ काे (क) मा बिराची यादव, २ काे (ख) मा हरेराम पटेल, ३ काे (क) मा निर गिरी वा मंजुर अन्सारी र ४ काे (क) जय प्रकाश थारुलाई उम्मेदवार बनाउने सम्भावना रहेकाे छ ।

 त्यसैगरी जसपाले पर्सा प्रदेशसभा १ काे (ख) मा पुन: मुख्यमन्त्री लालबाबु राउत गद्दी, २ काे (क) मा जिल्ला अध्यक्ष रामनरेश यादव, ३ काे (ख) मा गाैरीशंकर साह र ४ काे (ख) मा बर्तमान प्रदेशसभा सदस्य सिंगासन साह कलवारलाई उम्मेदवार बनाउने सम्भावना रहेकाे छ । 

जसपाले पर्सा प्रदेशसभा क्षेत्र नं. ३ काे (ख) मा प्रतिनिधिसभा सदस्यकाे दाबेदार रहेकी डा. मधु गुप्तालाई पनि उम्मेदवार बनाउन सक्ने पनि सम्भावना रहेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...