Date
शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026

मधेश प्रदेश लाेक सेवा आयाेगकाे परिक्षामा जालझेल देखियाे

spot_img
spot_img

वीरगंज । प्रदेश लाेक सेवा आयाेग मधेश प्रदेश, जनकपुरधामले संचालन गरेकाे अधिकृत साताैं तहकाे परिक्षा नतिजा प्रकाशनमा जालझेल भएकाे देखिएकाे छ । 

आयाेगले साउन १८ गते संचालन गरेकाे प्रशासन सेवाका अधिकृत साताैं तहका्े प्रथम चरणकाे लिखित परिक्षाकाे नतिजामा उम्मेदवार भन्दा एक दर्जन बढी परिक्षार्थीहरु पास भएका छन् । असाेज १३ गते प्रकाशित नतिजामा जम्मा परिक्षार्थी संख्या २ हजार ५ सय ६७ भएपनि २ हजार ५ सय ७९ जनाकाे नतिजा सार्वजनिक गरिएकाे छ । जुन परिक्षार्थी संख्या भन्दा १२ जना बढी हाे ।

फेरी सार्वजनिक नतिजामा परिक्षार्थी संख्या भन्दा बढी नतिजा सार्वजनिक हुनेहरु २५६८ देखि २५७९ सम्म लगातार पास भएकाे देखिन्छन् । त्यसले पनि आयाेगकाे परिक्षामा जालझेल भएकाे एक परिक्षार्थीले आराेप लगाए ।

आयाेगले परिक्षा केन्द्र प्रकाशित गरेकाे सूचना

ति परिक्षार्थीले भने “परिक्षा तालिका सार्वजनिक गर्दा जम्मा परिक्षार्थी राेल नं. १ देखि २५६७ मात्र थियाे नतिजा सार्वजनिकमा २५७९ सम्म कहाँबाट आए ? नतिजा प्रकाशन भएका राेल नं. २५६८ देखि २५७९ सम्मकाे परिक्षा कहाँ संचालन गरियाे ? त्यससमा पनि उम्मेदवार भन्दा बढी नतिजा प्रकाशन भएका १२ जना सबै पास हुनुले थप शंका उत्पन्न भएकाे छ । यसकाे सम्बन्धित निकायबाट अनुसन्धान हुनु पर्छ ।”   

आयाेगले प्रदेश निजामती सेवा अन्तर्गत असार ३१ गते विभिन्न पदकाे लागि दरखास्त आवहान गरेकाे सूचनामा प्रशासन सेवा अधिकृत साताैं तहकाे लागि पनि दरखास्त आवहान गरेकाे थियाे ।

आयाेगले असाेज १३ गते प्रकाशन गरेकाे परिक्षाकाे नतिजाकाे अन्तिम पृष्ठ

साेही सूचना अनुसार दरखास्त दिएका उम्मेदवारहरुकाे लागि साउन १९ गते प्रकाशित परिक्षा मितिकाे सूचनामा पनि राेल नं. १ देखि २५६७ सम्मकाे परिक्षा भदाै १८ गते संचालन हुने उल्लेख छ । त्यसपछि फेरी अर्काे प्रकाशित आयाेगकाे परिक्षा केन्द्र निर्धारणकाे सूचनामा पनि राैल नं. १ देखि २५६७ सम्म कै लागि परिक्षा केन्द्र निर्धारण गरिएकाे थियाे । तर परिक्षाकाे नतिजामा १२ जना भन्दा बढी राैल नं. २५७९ सम्मकाे नतिजा प्रकाशनले परिक्षार्थीहरु अन्याेलमा परेका छन् ।

यस बिषयमा बुझ्न आयाेगकाे पदाधिकारीहरुसंग प्रयास गर्दा पनि हाल कार्यालयमा दशैं बिदा भएका कारण हुन सकेन ।     

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एनएमएसआरए वीरगंजको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान

वीरगंज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) वीरगंज इकाईले आफ्नो ५७औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्थापना दिवसको...

छिपहरमाईको २३ औं गाउँ सभा सम्पन्न, ३५ करोड ९८ लाखको बजेट पारित

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको २३औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्ष २०८३/०८४ का...

वीरगंजमा सडक विस्तार जारी, अदालतको आदेशबारे जानकारी छैन : सडक डिभिजन

वीरगंज । वीरगंज मुख्य सडक विस्तार अभियानअन्तर्गत सडकको दायाँबायाँ रहेका संरचना हटाउने कार्य शुक्रबार पनि जारी रहेको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले...