Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

गाउँपालिका अध्यक्ष यादवद्वारा क्रीकेट टुर्नामेन्टकाे उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका‍ वडा नं. २ जानकीटोलामा आजदेखि सुरु भएकाे देवीमाई क्रीकेट टुर्नामेन्ट प्रतियाेगिताकाे गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले उद्घाटन गरेका छन् ।

प्रतियाेगिताकाे उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष यादवले खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र सम्मृद्धिको आधारशिला तयार पार्ने वताए । उनले खेलकुदको माध्यमबाट विश्वमा जोडिने र देशको गौरव बढाउने हुँदा जगरनाथपुर गाउँपालिका त्यसतर्फ गम्भीर रहेकाे वताए ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति समेत रहेका गाउँपालिका अध्यक्ष यादवले खेलकुद विकासका लागि राज्यले ठोस् नीति र दृष्टिकोण बनाएर अगाडि बढनु पर्ने वताए ।

उनले भने “खेल मानव जीवनको एक महत्वपूर्ण अंग हो । हरेक प्रकारका शारिरीक, मानसिक, मनोवैज्ञानिक र बौद्धिक स्यास्थ्यसँग खेलकुदले गहिरो सम्बन्ध राख्दछ । नियमित खेल खेल्नु मनोवैज्ञानिक कैशलतामा यसले निखार ल्याउछ । खेलहरु मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका मात्र हैन, पहिचान र समृद्धिसँग जोडिएकाे हुन्छ त्यसैले यस संरक्षण र विकास जरुरी छ ।”

वडाध्यक्ष नेपाली कुशवाहाकाे अध्यक्षतामा भएकाे उदघाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह, वडाध्यक्ष लक्ष्मी साह, सुभाष कुमार यादव, कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचीव बलिष्टर अहमद, सुरेन्द्र सिंह क्षेत्री, रमेश कुशवाहा, प्रभु चौहान, एकबाली साह लगायतको उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...