Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

सखुवा प्रसाैनी घटनामा निर्दाेषलाई फसाउने षडयन्त्र

spot_img
spot_img

वीरगंज । सखुवा प्रसौनी घटनामा निर्दोषलाई फसाउने षड्यन्त्र भईरहेको समाचार प्राप्त भएकाे छ । असोज ९ गते पर्साकाे सखुवा प्रसौनी गाउँपालिकामा भएको कुटपिट, झडप, ताेडफोड र आगजनीको घटनामा निर्दोषलाई फसाउने षड्यन्त्र भईरहेको बुझिएको हाे ।

स्थानीयका अनुसार गाउँपालिका कार्यालय सखुवा प्रसौनीमा वडा नं. ५ बलुवा निवासी बुलेट गिरी भनिने दीपरन्जन गिरीलाई गाउँपालिका अध्यक्ष जसवन्त यादवका भाई बलवन्त यादव र अभिताबचन भनिने ब्यक्तिले कुटपिट गरेका थिए ।

गाउँपालिकाको स्कार्पियो गाडी दुरुपयोग बारे सामाजिक संजालमा भएको टिप्पणिको विषलाई लिएर गाउँपालिका अध्यक्षका भाई बलवन्तसहितका व्यक्तिबाट गिरी कुटिए पछि सुरुमा गाउँपालिकामा दुई पक्ष बिच झडप भएकाे थियाे । गाउँपालिका अध्यक्ष यादव र बालुवा गाउँका स्थानिय बिच भएकाे झडपमा केही ब्यक्तिहरु घाइते समेत भएका थिए ।

त्यसपछि गाउँपालिका अध्यक्ष दलबलका साथ पीडित गिरि कै गाउँ बलुवा भएर घर फर्कने क्रममा पुन: झडप हुँदा गाउँपालिकाकाे गाडीमा ताेडफाेड भएकाे थियाे । त्यसकाे केही समय पछि गाउँपालिका अध्यक्ष यादवकाे ना २ च ८६६ नम्बरको निजी कारमा समेत आगजनी भएकाे थियाे । साे आगजनी अध्यक्ष यादव पक्षधरले आफै गरेकाे स्थानियहरुकाे भनाई छ ।

सोहि घटनामा राजनितिक पुर्वाग्रहका कारण घटना स्थल मै नभएका ब्यक्तिहरु समेतको नाम राखी मुद्दा दर्ता गराएर फसाउने षड्यन्त्र भईरहेको वताइएकाे छ ।

दुबै घटना स्थल मध्ये कुनै ठाउँमा पनि नभएका पर्सा क्षेत्र न ३ “क” बाट जसपाका प्रदेश सभा सदस्य पदका सम्भावित उम्मेदवार समेत रहेका प्रमोद कुमार जयसवाल समेतलाई फसाउन खाेजिएकाे वताइएकाे छ । राजनितिक पुर्वाग्रहका कारण घटनामा संलग्न् नरहेकाे व्यक्तिकाे नामसमेत राखेर जाहेरी परेकाेले प्रहरीले निश्पक्ष अनुसन्धान तथा घटना सम्बन्धमा छानविन गर्नु पर्ने स्थानियहरुले वताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...