Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026

सखुवा प्रसाैनी घटनामा निर्दाेषलाई फसाउने षडयन्त्र

spot_img
spot_img

वीरगंज । सखुवा प्रसौनी घटनामा निर्दोषलाई फसाउने षड्यन्त्र भईरहेको समाचार प्राप्त भएकाे छ । असोज ९ गते पर्साकाे सखुवा प्रसौनी गाउँपालिकामा भएको कुटपिट, झडप, ताेडफोड र आगजनीको घटनामा निर्दोषलाई फसाउने षड्यन्त्र भईरहेको बुझिएको हाे ।

स्थानीयका अनुसार गाउँपालिका कार्यालय सखुवा प्रसौनीमा वडा नं. ५ बलुवा निवासी बुलेट गिरी भनिने दीपरन्जन गिरीलाई गाउँपालिका अध्यक्ष जसवन्त यादवका भाई बलवन्त यादव र अभिताबचन भनिने ब्यक्तिले कुटपिट गरेका थिए ।

गाउँपालिकाको स्कार्पियो गाडी दुरुपयोग बारे सामाजिक संजालमा भएको टिप्पणिको विषलाई लिएर गाउँपालिका अध्यक्षका भाई बलवन्तसहितका व्यक्तिबाट गिरी कुटिए पछि सुरुमा गाउँपालिकामा दुई पक्ष बिच झडप भएकाे थियाे । गाउँपालिका अध्यक्ष यादव र बालुवा गाउँका स्थानिय बिच भएकाे झडपमा केही ब्यक्तिहरु घाइते समेत भएका थिए ।

त्यसपछि गाउँपालिका अध्यक्ष दलबलका साथ पीडित गिरि कै गाउँ बलुवा भएर घर फर्कने क्रममा पुन: झडप हुँदा गाउँपालिकाकाे गाडीमा ताेडफाेड भएकाे थियाे । त्यसकाे केही समय पछि गाउँपालिका अध्यक्ष यादवकाे ना २ च ८६६ नम्बरको निजी कारमा समेत आगजनी भएकाे थियाे । साे आगजनी अध्यक्ष यादव पक्षधरले आफै गरेकाे स्थानियहरुकाे भनाई छ ।

सोहि घटनामा राजनितिक पुर्वाग्रहका कारण घटना स्थल मै नभएका ब्यक्तिहरु समेतको नाम राखी मुद्दा दर्ता गराएर फसाउने षड्यन्त्र भईरहेको वताइएकाे छ ।

दुबै घटना स्थल मध्ये कुनै ठाउँमा पनि नभएका पर्सा क्षेत्र न ३ “क” बाट जसपाका प्रदेश सभा सदस्य पदका सम्भावित उम्मेदवार समेत रहेका प्रमोद कुमार जयसवाल समेतलाई फसाउन खाेजिएकाे वताइएकाे छ । राजनितिक पुर्वाग्रहका कारण घटनामा संलग्न् नरहेकाे व्यक्तिकाे नामसमेत राखेर जाहेरी परेकाेले प्रहरीले निश्पक्ष अनुसन्धान तथा घटना सम्बन्धमा छानविन गर्नु पर्ने स्थानियहरुले वताएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...