Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

विश्व मुटु दिवसकाे अवसरमा म्याराथुन र वाकाथन सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल मेडिसिटी बयोधा हस्पिटल वीरगंजकाे आयाेजनामा बिहिबार म्याराथुन र वाकाथन  प्रतियाेगिता सम्पन्न भएकाे छ । विश्व मुटु दिवसकाे अवसरमा भएकाे म्याराथुनमा ईश्वर रिजालले १६ मिनेट ४२ सेकेण्डमा पूरा गरी प्रथम, नारायण जि.सीले १६ मिनेट ५७ सेकेण्डमा दोश्रो र धन सिंह चुनाराले १७ मिनेट ०३ सेकेण्डको समयमा तेश्रो भएका थिए ।

विजयी धावकहरुलाई नेपाल मेडिसिटी बयोधा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राज राणाले मेडल र पुरस्कार प्रदान गरेका थिए ।

नेपाल मेडिसिटी बयोधा हस्पिटलले विगत १ हप्ता देखि विश्व मुटु दिवस मनाउने क्रममा बिहिबार वीरगंजकाे घण्टाघरदेखि गण्डक स्थित नेपाल मेडिसिटी हस्पिटल सम्म करिब ५ किलोमिटर म्याराथुनको आयोजना गरेकाे थियाे । उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, स्थानीय क्लब लगायतका स्थानीयहरु गरी करिब १ सय जना सहभागी भएका थिए ।

 बिहिबार विहान घण्टाघरदेखि नारायणी उपक्षेत्रीय अस्पताल सम्म भएकाे वाकाथनमा ६ सय जनाकाे सहभागी भएका थिए ।

मुटु सम्बन्धी जनचेतनामुलक प्लेकार्ड सहित पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, भारत सरकारको कन्सुलेट जेनेरल नितिश कुमार, कन्सुलेट पिईसी शैलेन्द्र कुमार, अस्पतालका निर्देशक एवं उद्योगी अशोक बैद्य, रोटरी क्लब, लायन्स क्लब, बीरगंज महानगरपालिका स्वास्थ्य कार्यालयका कर्मचारीहरु लगायतका स्थानीयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वाेल्दै पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मुटुको समस्याबाट मानिसहरु आक्रान्त भईरहेकोले यसप्रकारको जनचेतनामुलक कार्यले मुट रोगबाट बच्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा भारत सरकारको कन्सलेट जेनेरल कार्यालयका कन्सुलेट पिईसी शैलेन्द्र कुमारले मुटु रोगको रोकथामका लागि हामी सबैले आफ्नो तर्फबाट कार्य गर्नुपर्ने र बीरगंज स्थित नेपाल मेडिसिटी बयोधा अस्पतालले मुटुरोगको उपचारका लागि गरेको प्रयासको सह्राहना गरे ।

नेपाल मेडिसिटी बयोधा अस्पतालका निर्देशक एवं उद्योगी अशोक बैद्यले आफूहरुले बीरगंजमा राम्रो उपचारका दिने अस्पतालको रुपमा नेपाल मेडिसिटी बयोधा अस्पताललाई विकाश गरिरहेको र मुटुरोग लगायतका अन्य गुणस्तरीय उपचारमा आफूहरु लागेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...