Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

प्रेस सेन्टकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । प्रेस सेन्टर नेपाल पर्साको आयोजनामा बुधबार बडा दशैं, दिपावाली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंजकाे मुर्लीस्थित वीरगंज सिटी प्यालेसमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष गोबिन्द देवकोटाले पत्रकारिता पेशा मर्यादित बनाउन नेपाल पत्रकार महासंघले भुमिका खेल्नु पर्ने वताए ।

उनले वीरगंजका उद्योगहरुले काठमाडाैंकाे मिडिया हाउसहरुलाई मात्र विज्ञापन दिने गरेका गुनासाे गर्दै यहाँका उद्याेगहरुले वीरगंजका मिडिया हाउसहरुलाई पनि विज्ञापन दियाेसका लागि पनि पत्रकार महासंघले भुमिका खेल्न र पहल गरिदिन आग्रह गरे ।

प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य पशमिना कादरी खातुन, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष शुबोध गुप्ता, उपाध्यक्ष अनिल पाटवारी, माधव राज पाल, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेल, नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण श्रेष्ठ, नेपाल पत्रकार  महासंघका केन्द्रिय सदस्य केशी लामिक्षाने, मधेश प्रदेशका महासचिव श्याम बंजारा, पर्सा अध्यक्ष अनुप तिवासी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठाकाेटे मगरले स्वागत मन्तव्य राखेकाे कार्यक्रमकाे संचालन प्रेस सेन्टर पर्साका सचिव शिवनाथ यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...