Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरमा बैंक मार्फत वडाबाटै समाजिक सुरक्षा भत्ता

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणकाे लागि शिविर संचालन गरेकाे छ । एनआइसि एशिया बैंक जगरनाथपुर शाखाकाे समन्वयमा गाउँपालिकाले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् । 

वडाबाटै भत्ता वितरण सुरु भएपछि आफूलाई निकै राहत मिलेको र बैंकमा दिनभर लाइन बस्नुपर्ने बाध्यता हटेको लाभग्राहीहरुले वताएका छन् ।

ज्येष्ठ नागरिक र अपांगता भएकाहरूलाई बैंकमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले वताए । उनले जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि नागरिकको अनुहारमा खुसी देख्दा आफूहरूलाई थप खुसी मिलेको बताए ।

बैंककाे समन्वयमा लाभग्राहीहरुकाे सहजताकाे लागि वडा वडामा पुगेर भत्ता वितरण गर्न थालिएकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए । उनले वडा नं. १ देखि वडा नं. ६ सम्म वडा मै पुगेर शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताए ।

वडा नं. १ काे वडा कार्यालय पिडारीगुठीबाट शक्रबारदेखि सरु भएकाे समाजिक सुरक्षा भत्ता वितरण हाल सम्म एक हजार भन्दा बढी लाभग्रहीहरुलाई वितरण गरिसकिएकाे लेखापाल संदेश कुशावाले जानकारी दिए ।

शिविरमा जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, जष्ठ नगारिक एकल महिला र क तथा ख वर्गका अपाङ्ग  लाभग्राहीहरुलाई भत्ता वितरण गर्न थालिएकाे उनले वताए ।   

वडा नं. १ देखी ६ सम्मका सम्पुर्ण दलित बालवालिका (सामाजिक सुरक्षा भत्ता लाभग्राही)हरु तथा शिविरबाट सामाजिक सुरक्षा भत्ता रकम प्राप्त गर्न छुट भएका लाभग्राहीहरुले एनआइसी एसिया बैंक शाखा कार्यालय जगरनाथपुरबाट कार्यालय समयमा भत्ता प्राप्त गर्न सक्ने गाउँपालिका कार्यालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...

मुसैलीमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

वीरगंज । वीरगंज महानगरपालिका–२९ मुसैली गाउँमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनीहरूकी सौतेनी आमा रोशनी मिश्रा चौबेलाई नियन्त्रणमा लिएको छ । जिल्ला...

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले रु तीन करोड आर्थिक सहयोग प्रदान...