Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

पर्सामा चट्याङ लागेर एक जनाकाे मृत्यु, ३ जना घाइते

spot_img
spot_img

वीरगंज । पर्सामा साेमबार विहान चट्याङ लागेर एक जनाकाे मृत्यु र ३ जना घाइते भएका छन् । वीरगंज महानगरपालिका वडा नं. २ ईदगाह चोकस्थित छठिमाई पोखरीको नजिकमा मेघ गर्जन सहितको चट्याङ लागी स्थानिय १५ बर्षिय सिद्दान्त उपाध्यायकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

चट्या‌ङ लागेर घाईते भएकाहरुलाई तत्कालै नारायणी अस्पताल पुर्‍याउदा अस्पतालले उपाध्यायलाई मृत घोषणा गरेको र अन्य २ जनाको उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

साेही ठाउँ निवासी घाइते साविर हुसेनकी श्रीमती वर्ष २९ की कुलनेसा खातुनकाे नारायणी अस्पताल मै उपचार भइरहेकाे छ । खातुनकाे अवस्था मध्यम रहेकाे छ । गम्भिर घाईते घाइते वीरगंज महानगरपालिका कै वडा नं. ४ बस्ने भिखारी राउतको छोरा वर्ष १३ को अर्जुन राउतको थप उपचारको लागि नेशनल मेडिकल कलेजमा रिफर गरिएको छ । 

त्यसैगरी साेमबार विहान नै ०६:३० बजेको समयमा पर्साकाे विन्दवासिनी गाउँपालिका वडा नं. ४ अमरपट्टि्मा पनि चट्या‌क लागेर एक जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

साेही ठाउँ निवासी वर्ष २६ का कुन्दन दास शौचालय जाने क्रममा चट्याङ लागी घाईते भएका हुन् । घाइते दासकाे नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए । उनकाे अवस्था मध्यम रहेकाे प्रवक्ता गिरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...