Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्सामा चट्याङ लागेर एक जनाकाे मृत्यु, ३ जना घाइते

spot_img
spot_img

वीरगंज । पर्सामा साेमबार विहान चट्याङ लागेर एक जनाकाे मृत्यु र ३ जना घाइते भएका छन् । वीरगंज महानगरपालिका वडा नं. २ ईदगाह चोकस्थित छठिमाई पोखरीको नजिकमा मेघ गर्जन सहितको चट्याङ लागी स्थानिय १५ बर्षिय सिद्दान्त उपाध्यायकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

चट्या‌ङ लागेर घाईते भएकाहरुलाई तत्कालै नारायणी अस्पताल पुर्‍याउदा अस्पतालले उपाध्यायलाई मृत घोषणा गरेको र अन्य २ जनाको उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

साेही ठाउँ निवासी घाइते साविर हुसेनकी श्रीमती वर्ष २९ की कुलनेसा खातुनकाे नारायणी अस्पताल मै उपचार भइरहेकाे छ । खातुनकाे अवस्था मध्यम रहेकाे छ । गम्भिर घाईते घाइते वीरगंज महानगरपालिका कै वडा नं. ४ बस्ने भिखारी राउतको छोरा वर्ष १३ को अर्जुन राउतको थप उपचारको लागि नेशनल मेडिकल कलेजमा रिफर गरिएको छ । 

त्यसैगरी साेमबार विहान नै ०६:३० बजेको समयमा पर्साकाे विन्दवासिनी गाउँपालिका वडा नं. ४ अमरपट्टि्मा पनि चट्या‌क लागेर एक जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

साेही ठाउँ निवासी वर्ष २६ का कुन्दन दास शौचालय जाने क्रममा चट्याङ लागी घाईते भएका हुन् । घाइते दासकाे नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए । उनकाे अवस्था मध्यम रहेकाे प्रवक्ता गिरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट पक्राउ गाउँपालिका अध्यक्ष यादव र इन्सपेक्टर पौडेलसहित आठै जनालाई थप ४ दिन हिरासत

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...