Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

सुखवा प्रसाैनीमा दुई पक्ष बिच झडप, निजी गाडीमा आगजनी

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आइतबार सांझ दुई पक्ष बिच झडप भएको छ । गाउँपालिका अध्यक्ष यसवन्त यादवका भाई बलवन्त यादव र अमिताभबचनले सखुवा प्रसौनी गाउँपालिकाकाे वडा नं. ५ बलुवा निवासी बुलेट गिरीलाई कुटपिट गरेपछि भएको झडपमा आधा दर्जन घाईते भएका छ्न् ।

गिरिले गाउँपालिकाकी उपाध्यक्षको कार्यक्षमा बसेर छलफल गरिरहेकाे अवस्थामा गाउँपालिका अध्यक्ष जसवन्त यादव र उनको भाई बलवन्त यादवले कोठा बाहिर बोलाई आफुलाई कुटपिट गरेको गाउँलेलाई फोन गरेर रुदै वताएपछि गाउँबाट पालिका पुगेका बलुवाबासी र अध्यक्ष यादव समर्थक बिच झडप भएको थियो ।

गाउँपालिकामा भएको झडप प्रहरी पुगेपछि सुल्झिए पनि गाउँपालिका अध्यक्ष यादवले आफ्नो समर्थक सहित बलुवा गाउँ भएर घर फर्कने क्रममा त्यहाँ पुनः झडप भएकाे थियाे । झडपकाे क्रममा अध्यक्ष यादव सवार गाउँपालिका कार्यालयको ना १ झ १६८७ नम्बरको गाडीको सिसा फुटेको छ भने ना २ च ८६६ नम्बरको निजी कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

घटना स्थलमा ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे र हाल सखुवा प्रसाैनीकाे अवस्था समान्य रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले वताए ।

केही दिन पहिला मात्र गिरी समुदायका राजु गिरी भनिनेले फेसबुकमा गाउँपालिकाको गाडी दुरुपयोग भएको विषयमा ‘स्टाटस’ राखेका थिए । सोही विषयलाई लिएर गाउँपालिका अध्यक्ष यादवका भाइ बलवन्तले गाउँपालिका पुगेका बुलटलाई कुटपिट गर्नुकाे साथै माेबाइल समेत खाेसिलिएकाे वताएका थिए । 

त्यसपछि कुटपिटकाे बिषयलाई लिएर नै गाउँपालिकामा बबाल भएकाे स्थानियहरुले वताएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...