Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

सुखवा प्रसाैनीमा दुई पक्ष बिच झडप, निजी गाडीमा आगजनी

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आइतबार सांझ दुई पक्ष बिच झडप भएको छ । गाउँपालिका अध्यक्ष यसवन्त यादवका भाई बलवन्त यादव र अमिताभबचनले सखुवा प्रसौनी गाउँपालिकाकाे वडा नं. ५ बलुवा निवासी बुलेट गिरीलाई कुटपिट गरेपछि भएको झडपमा आधा दर्जन घाईते भएका छ्न् ।

गिरिले गाउँपालिकाकी उपाध्यक्षको कार्यक्षमा बसेर छलफल गरिरहेकाे अवस्थामा गाउँपालिका अध्यक्ष जसवन्त यादव र उनको भाई बलवन्त यादवले कोठा बाहिर बोलाई आफुलाई कुटपिट गरेको गाउँलेलाई फोन गरेर रुदै वताएपछि गाउँबाट पालिका पुगेका बलुवाबासी र अध्यक्ष यादव समर्थक बिच झडप भएको थियो ।

गाउँपालिकामा भएको झडप प्रहरी पुगेपछि सुल्झिए पनि गाउँपालिका अध्यक्ष यादवले आफ्नो समर्थक सहित बलुवा गाउँ भएर घर फर्कने क्रममा त्यहाँ पुनः झडप भएकाे थियाे । झडपकाे क्रममा अध्यक्ष यादव सवार गाउँपालिका कार्यालयको ना १ झ १६८७ नम्बरको गाडीको सिसा फुटेको छ भने ना २ च ८६६ नम्बरको निजी कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

घटना स्थलमा ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे र हाल सखुवा प्रसाैनीकाे अवस्था समान्य रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले वताए ।

केही दिन पहिला मात्र गिरी समुदायका राजु गिरी भनिनेले फेसबुकमा गाउँपालिकाको गाडी दुरुपयोग भएको विषयमा ‘स्टाटस’ राखेका थिए । सोही विषयलाई लिएर गाउँपालिका अध्यक्ष यादवका भाइ बलवन्तले गाउँपालिका पुगेका बुलटलाई कुटपिट गर्नुकाे साथै माेबाइल समेत खाेसिलिएकाे वताएका थिए । 

त्यसपछि कुटपिटकाे बिषयलाई लिएर नै गाउँपालिकामा बबाल भएकाे स्थानियहरुले वताएका छन् । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...