Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

गौतम स्कुलले आफ्नाे रवैया नसच्याए विद्यार्थी संगठनहरुले आन्दाेलन गर्ने

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १३ मा रहेको गौतम स्कुलले आफ्नाे रवैया नसच्याए आन्दाेलन गर्ने बाध्य हुने विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् । अनेरास्ववियु, नेवि संघ र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्ताे चेतावनी दिएका हुन् ।

अनेरास्ववियु पर्साका अध्यक्ष रेयाज अन्सारी, नेवि संघ पर्साका सभापति विकास तिवारी र अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य मिराेज हवारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा गौतम स्कुलले विगत केही समयदेखि विभिन्न शिर्षकमा विद्यार्थीहरुबाट अनावश्यक रकम असुल्दै आएको सर्वविदितै छ । विद्यार्थीहरुसंग रकम असुलेको गुनासो आएपछि अभिभावकहरुले यसबारे विद्यार्थी संगठनलाई जानकारी गराएका थिए ।

सोही बिषयमा जानकारी लिन असोज ८ गते शनिबार गौतम माविमा बिद्यार्थी संगठन पुगेपछी बिधालयले छलफल गर्ने क्रममा बाउन्सर लगाएर गुन्दागर्दी शैलीमा धाकधम्की दिएको र प्रशासनको प्रयोग गरेर मुद्दा दबाउने खोजेको हाम्रो ठहर रहेकाे उल्लेख गरिएकाे छ ।

यहीँ बिषयमा अधिकारीक जानकारी गराउनको साट्टा बिद्यालयले गलत सूचना निर्वाह गरि अनिश्चितकालको लागि बिद्यालय बन्द गरेर पन्छिने काम गरेको छ । बिद्यालयले समस्याको अधिकारी जानकारी दिनुको साट्टा बिद्यालय बन्द गरेर विद्यार्थीको भविष्य संग खेलवाड गरेको प्रति हाम्रो ध्यानाकर्षण भएकाे ३ विद्यार्थी संगठनहरुले जनाएका छन् ।

विद्यालयले यी सबै समस्याको बारेमा उचित जानकारी नगराए र गम्भीर रूपमा नलिए हामी विद्यालयकाे विरुद्धमा संघर्ष कार्यक्रम गर्न बाध्य हुने ३ विद्यार्थी संगठनद्वारा जारी विज्ञप्ती मार्फत चेतावनी दिएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...