वीरगंज । बारा प्रहरीले नेपाली नक्कली नाेटसहित एक जनालाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा न.५ कनकपुर टोल निवासी जगदेव महतो नुनियालाई पक्राउ गरेकाे हाे ।
- Advertisement -
बिशेष सूचनाको आधारमा शुक्रबार साँझ अं. १९:४५ बजेको समयमा सिम्रौनगढ नगरपालिका वडा नं.५ कनकपुर टोलस्थित जगदेवको घरमा कानून बमोजिम खानतलासी गर्दा रु ८२ हजार ५ सय नक्कली नाेट बरामद भएकाे प्रहरीले जनाएकाे छ ।
खानतलासी गर्ने क्रममा निज घर धनि जगदेव सुत्ने कोठामा रहेको बाँसको मचानमाथी रहेको ओच्छायानको मुनी माछा मार्ने जालभित्र लुकाइ छिपाई राखेको अवस्थामा नेपाली रु.१ हजारकाे दरले नाेट ८१ थान र रु.५ सयकाे दरको नोट ३ थान गरी जम्मा ८२, हजार ५ सय नक्कली नोट फेला परेकोले जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।