Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

संविधान दिवसकाे अवसरमा वीरगंज कारागारबाट ३८ कैदी रिहा

spot_img
spot_img

वीरगंज । संविधान दिवसको अवसरमा वीरगंज कारागारबाट ३८ जना कैदी रिहा भएका छन् । सातौं संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा देशभरिमा ६ सय ८१ जना कैदी बन्दीको कैद कट्टा तथा २१ जनाको सजाय माफी अन्तर्गत वीरगंज कारागारबाट ३८ जना कारागारमुक्त भएका हुन् ।

कारागार मुक्त हुनेहरुमध्ये ३७ जनाको कैद कट्टा गरिएको छ भने १ जनाको कैद सजाय मिनहा गरिएको छ । कारागार मुक्त हुनेहरुमा ६ जना महिला तथा ३२ जना पुरुष रहेका छन् ।

१ जनाको कैद सजाय माफीसहित कर्तव्य ज्यान मुद्दाका पुरुष १४ जना, महिला ५ जना, ज्यान मार्ने उद्योग मुद्दाका पुरुष ८ जना तथा महिला १ जना, चोरी मुद्दाका २ जना, डाँका मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका ३ जना, लिखित सम्बन्धी कसुर/किर्ते मुद्दाका २ जना, वन पैदावार काठ चोरी मुद्दाका १ जना, हातहतियार मुद्दाका १ जना गरि ३८ जना कैदी कारागारमुक्त भएको वीरगंज कारागार कार्यालयले जानकारी दिएको छ ।

कारागारमुक्त हुनेहरुलाई वीरगंज कारागारका जेलर मदन घिमिरेले अविर टिका लगाई विदाई गरेका थिए । उनले कारागार मुक्त भएका कैदीहरुको विदाई गर्दै विगतमा वितेका दिनहरुलाई विर्सेर अगामी जीवनको यात्रा सुखमय होस् भन्ने शुभकामना समेत दिएका थिए ।

उनले आगामी दिनमा यस्ता अपराधिक क्रियाकलाप जस्ता कार्यबाट टाढा रही इमान्दारीतापूर्वक काम गरेर आफ्नो परिवारसँग सुखमय जीवन वितोस् भन्ने शुकामना सहित यहाँबाट सकारात्मक सुधार भएका कुरालाई आफ्नो जीवनमा लागु गर्न समेत आग्रह गरे ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरू झै देशका विभिन्न कारागारमा रहेका ६८१ जना कैदीको कैद कट्टा गरेकी हुन् ।

यसैगरि देशभरिमा २१ जना कैदीले सजाय माफी पाएका छन् । संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको सजाय माफी भएको गरिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...