Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

वीरगंजकाे ट्राफिक ब्यवस्था फित्लाे, ट्राफिक प्रहरीकाे ध्यान रकम असुल्नमा

spot_img
spot_img

वीरगंज । ट्राफिक प्रहरीले आइतबार नियन्त्रणमा लिएकाे आधि जति सवारी साधान कारवाही विना नै छाडेकाे आराेप लागेकाे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट आइतबार दिउसाे वीरगंजस्थित शंकराचार्य गेटमा खटिएकाे टाेलीले कागज पत्र र सवारी चालक अनुमती पत्र नभएकाे एक सय भन्दा बढी सवारी साधन नियन्त्रणमा लिएकाे थियाे ।

त्यस मध्ये केहीसंग एक हजारकाे दरले जरिवान गरि छाडेकाे थियाे भने केहीसंग ५ सयकाे दरले जरिवाना तिराएर छाडेकाे थियाे । केहीलाई जरिवाना विना नै छाडिएकाे प्रत्यक्षदर्शीले वताएका छन् । खास गरेर भारतिय नम्बरकाे सावरी साधन चालकहरुसंग मनपरी तरिकाले ट्राफिक प्रहरीले रकम असुलेकाे वताइएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले साेमबार ८५ सवारी सधानलाई कारवाही गरेकाे ट्राफिक प्रहरीले जनाएकाे छ । वीरगंजस्थित शंकराचार्यद्वारमा खटेकाे टाेलीले ६० वटा सवारी साधनलाई जरिवाना र २५ वटा सवारी साधनकाे कागज पत्र नियन्त्रणमा लिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरिक्षक राम सुन्दर आर्यले जानकारी दिए ।

सवारी चालक अनुमती पत्र नभएकाहरुलाई रु एक हजारकाे दरले र सावरी साधनकाे काकगजात नभएकाहरुलाई रु ५ सयकाे दरले ६० सवारी चालकलाई गरिएकाे जरिवानाबाट रु ३२ हजार ५ सय संकलन भएकाे उनले वताए । केही सवारी साधनकाे कागज पत्र नियन्त्रणमा लिएर सवारी साधान छाेडिएकाे आर्यले वताए ।

रसिद विना रकम लिएर सवारी साधन छाेडिकाे आराेप बारे बुझ्दा आराेप लगाउनेहरुसंग नै बुझ्न उनले जवाफ दिए ।

नेपालीहरुकाे महान चाँड दशैं नजिकदै जाँदा वीरगंजमा ट्राफिक प्रहरी वीरगंजकाे विभिन्न ठाउँमा चेकजाँच गर्न थालेकाे छ । मेनराेडमा एक देखि दुई घण्टा सम्म गरिने चेकजाँचकाे क्रममा थुप्रै सवारी साधानहरु नियन्त्रणमा लिने गरेकाे हुन्छ । तर ति सवारी साधनबाट अशुल हुनु पर्ने भन्दा धेरै कम रकम असुल हुने गरेकाे देखिन्छ । 

विभिन्न काम बिशेषले घरबाट गन्तब्य तर्फ निस्कने गरेका सर्वसाधारणलाई विभिन्न बहानामा घण्टाे सम्म कुराएर ट्राफिक प्रहरीले दु:ख दिने गरेकाे वताइन्छ । वीरगंजकाे ट्राफिक व्यवस्था फित्लाे भएपनि त्यस तर्फ ट्राफिक प्रहरी ध्यान पुग्न नसकेकाे स्थानियहरु वताउँछन् । 

अहिले झन जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक ध्रुव दहाल विदामा भएकाे माेकामा पर्साका केही ट्राफिक प्रहरीहरु कमाउ धन्दामा लागेका छन् । वीरगंजकाे ड्राइपाेर्ट, पावर हाउस, गण्डक चाैक लगायतका ठाउँमा खटिने ट्राफिक प्रहरीले विभिन्न बहानामा सवारी साधन चालकहरुसंग खुल्यामा रकम असुल्ने गरेका छन् ।

तर निमित ट्राफिक प्रहरी प्रमुखकाे जिम्मेवारीमा रहेका बरिष्ठ प्रहरी नायब निरिक्षक राजेन्द्र गैरेको त्यस तर्फ ध्यान पुग्न सकेकाे छैन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...