Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

खाना पकाउने स्वच्छ विद्युतीय उर्जाको प्रवर्धन विषयमा छलफल

spot_img
spot_img

वीरगंज । राष्ट्रिय योजना आयोग र क्लीन कुकिंग एलायन्स (सीसीए) को संयुक्त आयोजनामा मंगलबार वीरगंजमा खाना पकाउने स्वच्छ विद्युतीय उर्जाको प्रवर्धन विषयक छलफल कार्यक्रम सम्पन्न भएकाे छ ।

स्वच्छ उर्जा अभियान कार्यक्रम अन्तरगत पालिका स्तरिय स्वच्छ उर्जा कार्यक्रम संचालन गर्न लागेको जानकारी गराउँदै अभियानले स्वच्छ उर्जा प्रयोगमा सचेतना लगाउनुको साथै संघिय र स्थानीय सरकारहरुको नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम एलपी ग्यासको खपत घटाइ स्वदेशमा उत्पादित विद्युतको खपत बढाउने उद्देश्य रहेको सीसीएकी नेपाल कन्ट्री मेनेजर करुणा बज्राचार्यले वताइन ।

वीरगंजस्थित भिस्वा हाेटलमा भएकाे कार्यक्रममा वाेल्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले विधुतीय चुल्हाे (इन्डक्सन चुल्हाे) काे प्रयाेग बढाउन सबैभन्दा पहिले विधुत आपूर्तिमा विद्यमान समस्या सामधान गर्नु पर्ने बताए ।

उनले भने,जब सम्म छिन छिनमा लाइन कट्ने समस्याबाट मुक्ति पाइदैन तब सम्म विद्युतीय चुल्हाेकाे प्रयाेग बढाउन सकिँदैन ।

उनले वीरगंजमा अहिले पनि छिन छिनमा लाइन कट्ने समस्या विद्यमान नै रहेकाे बताए । याे समस्या सामधानका लागि आफुले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै भेटेर ध्यानाकर्षण गराइसकेकाे भएपनि वीरगंजमा अझै विद्युत आपूर्तिमा रहेकाे समस्या पूर्णरूपमा समाधान नभएकाे उनले बताए ।

नेपाल सरकारले २० युनिट विद्युत निशुल्क गरेकाे र वीरगन्ज महानरपालिकाले साउन देखि ३० युनिट विद्युत निशुल्क गरेकाले वीरगंजका उपभोक्ताले महिनामा ५० प्रतिशत विद्युत निशुल्क पाइरहेकाले विद्युतीय चुल्हाेकाे प्रयाेग बढाउने अभियानलाइ केही हदसम्म सहज हुने उनले बताए ।

विद्युतीय चुल्हाेकाे प्रयाेग बढाउने अभियानलाई वीरगंज महानगरपालिकाले आफनाे तर्फबाट सक्दाे सहयाेग गर्ने प्रतिबद्धता पनि मेयर सिंहले जनाए ।

कार्यक्रममा नीति तथा उर्जा विज्ञ माेहन दास मानन्धरले सरकारले अनुदान दिन्छ भनेर कुर्नु भन्दा नागरिक आफैले विद्युतीय चुल्हाे किनेर प्रयाेग गर्नुपर्ने बताए । उनले एलपीजी ग्याँस भन्दा विद्युतीय चुल्हाेकाे प्रयाेग गर्दा धेरै फाइदा हुने भएकाले यसकाे प्रयाेग गर्न सुझाव दिए ।

विद्युतीय चुल्होकाे प्रयाेग गर्दा एलपिजी ग्याँसकाे भन्दा कम खर्च लाग्ने, स्वास्थ्यमा समेत हानी नपुग्ने, इन्धन आयातमा विदेशीने मुद्रा पनि कम गर्न सकिने उनले बताए । उनले अहिले नेपालमा विद्युतकाे उत्पादन पनि बढ्दै गइरहेकाले विद्युतीय चुल्हाेकाे प्रयाेग बढाउदा उर्जाकाे संकट नहुने उनले बताए ।

जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष पुरन कुर्मीकाे अध्यक्षता एंव राष्ट्रिय याेजना आयाेगका सदस्य सुरेन्द्र लाल कर्णकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पाैडेल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, हस्क पावर नेपाल प्रालिका निर्देशक मनाेज गुप्ता लगायतकाले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...