Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

बाल दिवसकाे अवसरमा वक्तृत्वकला प्रतियाेगिता

spot_img
spot_img

वीरगंज । हन्ड्रेडस ग्रुप पर्साकाे आयाेजनामा मंगलबार वीरगंजमा “विद्यार्थी जिवनमा सामाजिक संजाल” विषयक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएकाे छ ।

बाल दिवसकाे अवसरमा भएकाे प्रतियाेगितामा श्री त्रिजुद्ध महावीर प्रसाद रगुवीर राम माविका श्रेया राय प्रथम, सुर्जी देवी मावि  संदेश वास्तु द्वितिय र त्रिजुद्ध मावि कै दिपक कुमार यादव तृतिय भएकाे आयाेजक संस्था हन्ड्रेडस ग्रुप पर्साका संयाेजक बिक्की सर्राफले जानकारी दिए ।

वीरगंज पब्लिक कलेजकाे पुरानाे भवनमा भएकाे प्रतियाेगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश रु ५ हजार, ३ हजार र एक हजार नगदसहित पुरस्कृत समेत गरिएकाे संयाेजक सर्राफले वताए । सन्तावना पुरस्कार सुर्जी देवी माविकी संध्या साहलाई प्रदान गरिएकाे थियाे ।

हन्ड्रेडस ग्रुपका संयाेजक सर्राफकाे अध्यक्षता र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेकाे प्रमुख आतिथ्यतामा भएकाे प्रतियाेगितामा नेपाली कांग्रेसकी नेतृ एवम् प्रध्यापक डा. सुस्मा तिवारी, पाेखरिया नगरपालिकाकी पूर्व उप मेयर सल्लमा खातुन, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विकाश मल्ल, दिलिप राज कार्की, राजन श्रीवास्तव, दिवेश गुप्ता लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...