Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

लालपर्साबाट “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” सुभारम्भ

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरवासी स्वस्थ्य रहुँन, निरोगी रहुँन भन्ने उद्देश्यले आइतबारदेखि वीरगञ्जमा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालनमा आएको छ । 

वीरगंज महानगरपालिकाको वडा नम्बर ३० लालपर्साबाट सुरु गरिएको स्वास्थ्य कार्यक्रममा गर्भवती महिलाको परीक्षण, प्याथोलोजी ल्याब, गर्भवती महिलाको लागि भिडियो एक्सरे, जेनरल परीक्षण, ईसिजी सेवा सहित निशुल्क औषधी समेत वितरण गरिने मेयर राजेशमान सिंहले बताए ।

आइतबार मेयर स्वास्थ्य घरदैलो कार्यक्रमको औपचारिक उद्घाटन गर्दै मेयर सिंहले यो कार्यक्रम यसअघि गाउँघरमा सञ्चालन हुँदै आएका एक दिने शिविर भन्दा फरक र विशेष प्रकारको भएको बताए । 

उनले भने, ‘एउटा वडामा यो शिविर पाँच दिनसम्म चल्छ, डाक्टरले सुरुमा बिरामीको स्वस्थ्य जाँच गर्छन्, आवश्यक परे ल्याब टेष्ट पनि गरिन्छ, रोग पत्ता लगाएर औषधि दिएपछि मात्रै बिरामीलाई घर पठाइन्छ ।’

हरेक नगरवासीको घरदैलोमै स्वास्थ्य उपचारको सेवा पुगोस् भन्ने उद्देश्यले आफूले यो कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

मेयर सिंहले भने, ‘महानगरका ३२ मध्ये १६ वटा वडा ग्रामीण भेगमा छन्, यो भेगमा सहरको जस्तो सुविधा सम्पन्न स्वास्थ्य संस्था छैनन्, उपचारका लागि सहर नै धाउनुपर्ने बाध्यता छ, त्यसैले पहिलो चरणमा ग्रामीण भेगका जनतालाई लक्षित गरी यो कार्यक्रम सुरु गरिएको हो ।’
 
उनले आफनो चुनावी घोषणापत्रमा पनि नागरिकको घरदैलोमै सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख गरेको स्मरण गर्दै त्यही वाचा पूरा गर्न पनि यो कार्यक्रम सुरु गरेको बताए । 

सिंहले भने, ‘यो कार्यक्रम एउटा वडाका लागि मात्र नभइ महानगरका ३२ वटै वडामा सञ्चालन गरिने छ।   

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले वीरगन्ज महानगरले सस्तो लोकप्रियताका लागि नभइ देशका अन्य ७५२ पालिकाले पनि अनुसरण गरुन् भनेर नागरिकको घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सुरु गरेको बताए । 

चुनावताका जनतासामु गरेका वाचा पूरा गर्न वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नगरवासीको घरदैलोमै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य उपचार सेवा दिन थालेका छन्। 

मेयर सिंहको निर्देशनमा महानगरपालिकाले वडावडामै विशेषज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मीलाई टोली पठाएर स्वास्थ्य उपचार सेवा प्रदान गर्न थालेको हो। 

पहिलो चरणमा वीरगंज महानगरका ग्रामीण भेगका १६ वटा वडालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो । 
यसमा विशेषज्ञ चिकित्सक (मेडिकल अफिसर) तीन जनासहित स्टार्फ नर्स, हेल्थ असिस्टटेण्ट, अनमी गरी २५ जना स्वास्थ्यकर्मी खटाइएको छ ।

एउटा वडामा पाँच दिनसम्म सञ्चालन गरिने स्वास्थ्य शिविरमा बिरामीको स्वास्थ्य जाँच गरिनुका साथै ल्याब टेष्ट (रगत, दिशा, पिसाब, खकार इत्यादिको जाँच), इसिजी, भिडियो एक्सरे लगायतका सेवा पनि प्रदान गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले बताए । 

बिरामीको जाँच र ल्याब टेष्टसँगै औषधि पनि निःशुल्क वितरण गरिएको उनले जनाए । जयसवालले भने, ‘यो शिविरमा बिरामीलाई नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको ९८ प्रकारका औषधिबाहेक उच्च रक्तचाप, मधुमेह र थाइराइडको औषधि पनि निःशुल्क वितरण गरिरहेका छौं ।’ 

वडा अध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको शीवीरको उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ (क ) का प्रदेश सभा सदस्य जन्नत अन्सारी, जसपाका वीरगंज महानगर अध्यक्ष इश्वरचन्द्र यादव, मेयर सिंहका राजनीतिक सल्लाहकार उमेश सहनी, जसपा नेता प्रेमबाबु पटेल, लालपर्सा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी अनिषकान्त कुशवाहा लगायतको उपस्थिती रहेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...