Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

पपुलर मेकअप आर्टिस्ट अवार्डबाट सजना खतिवडा सम्मानित

spot_img
spot_img

काठमाडौ । पुरानालाई सम्मान, नयालाई प्रोत्साहन भन्ने नाराका साथ नेपाली फेसन एंव मनोरञ्जन क्षेत्रको अवार्ड सम्मान कार्यक्रम नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ सम्पन्न भएको छ । हिमालयन मुभिज प्रोडक्सन हाउसको आयोजनामा ¥याडिसन होटलमा सम्पन्न भएको सो कार्यक्रममा दर्जनौ सेलिव्रेटीसंगै सौन्दर्य विधाका ब्याक्तित्वहरुलाई अवार्ड तथा सम्मान दिइएको थियो ।

कार्यक्रममा विशेष बिधा अन्तर्गत पपुलर सिने स्टार अवार्डबाट अभिनेत्री स्वस्तिमा खड्कालाई सम्मान दिइएको थियो । त्यस्तै मोसन पिक्चर्स एक्टिङ स्टार अवार्डबाट अभिनेता सरोज खनाल र मोसन पिक्चर्स क्विन अफ एक्टिङ अवार्डबाट अभिनेत्री गौरी मल्ललाई सम्मान गरिएकाे थियो । क्रमशः आइकोनिक पपुलर मोडल अवार्डबाट मोडल तथा अभिनेता दिक्पाल कार्की, पपुलर ड्रेस डिजाइनर अफ इन्टरटेन्मेन्ट इन्ड्रस्ट्रि अवार्डबाट सुक्निता चौलागाईलाई सम्मान गरिएकाे थियो ।

त्यस्तै एभरग्रिन मेलोडी भोकल स्टार अवार्डबाट गायक आनन्द कार्की, क्विन अफ एभरग्रिन भ्वाईस अवार्डबाट गायिका अन्जु पन्त, आइकोनिक पप स्टार अवार्डबाट गायक धिरज राईलाई सम्मान गरिएको थियो ।

त्यस्तै क्रमशः स्नेहा राना आइकोनिक मेकअप आर्टिस्ट, तेन्जिङ भुटिया आइकोनिक फेसन डिजाइनर, रोजिन शाक्य आईकोनिक फेसन कोरियोग्राफर अवार्डबाट सम्मानित भएका थिए । त्यस्तै स्पेसल हिरो अवार्डबाट धर्म बहादुर बानिया, प्रभावशाली समाजिक अभियान्ता अवार्डबाट साबित्री शाह, आइकोनिक लोक गायिका अवार्डबाट राधा हमाल बानिया, सोसियल वेलफेर वर्कर अवार्डबाट मनु बान्ता मगर सम्मानित भएका थिए । सम्मानित सबैलाई ट्रिव्युटपनि कार्यक्रममा दिइएको थियो ।

त्यस्तै इमर्जिङ तथा एस्पायरिङ विधा अन्तर्गत इमर्जिङ फेसन डिजाइन् सरस्वती अधिकारी, इमर्जिङ मेकअप आर्टिस्ट निशा थापा, एस्पायरिङ मेकअप आर्टिस्ट तबिता राई, पपुलर टाइटल बिजेता मिस केञ्जल योङहाङ, पपुलर टाइटल विनर मिसेस समुदाय विधा अन्तर्गत भिश्मा नेम्बाङ, पपुलर पेजेन्ट मेकअप आर्टिस्ट पवित्रा सुब्बा तामाङ, पपुलर मेकअप आर्टिस्ट अवार्ड सजना खतिवडाले जितेका थिए ।

त्यस्तै प्रमुख विधा अन्तर्गत बेस्ट टाइटल विनर मिसेस् निता लिंदेन, बेस्ट इभेन्ट मेकअप आर्टिस्ट सबिना तामाङ, बेस्ट फेसन मोडल निङ्ग्मा लमु शेर्पा, बेस्ट फेसन मोडल टिन, जेनिभा मर्हजन, बेस्ट पेजेन्ट मेकअप आर्टिस्ट गिता राई र बेस्ट टाइटल विनर प्रोफेसन विधामा मञ्जु थापाले अवार्ड उचालेका थिए ।

कार्यक्रमको सुरुवातमै गायक धिरज राईले हिमालयन मुभिज प्रोडक्सन हाउसकी प्रवन्ध निर्देशक हिमानी सुब्बाको कोरियोग्राफीमा धमाकेदार प्रस्तुती दिएका थिए । हिमानीले धिरजको प्रस्तुतीसंगै ¥याम्प वकमा सुन्दरीहरुलाई हिडाएकी थिइन् ।

कार्यक्रमको बारेमा बोल्दै प्रवन्ध निर्देशक हिमानी सुब्बाले नेपाली चलचित्र, साङ्गीतिक क्षेत्रसंगै फेसन एंव मोडलिङ क्षेत्रको व्याक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्य पुरा भएको बताइन् । इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले यो कार्यक्रमालाई निरन्तर गरिरहने हौसला यस कार्यक्रमबाट पाएको बताए । आयोजक संस्था हिमालयन मुभिज नेपाली फेसन क्षेत्रमा चर्चित नाम हो । जसले धेरै फेसन शो, सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...