Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

हुण्डी कारोबारीकाे आराेपमा पाेखरियाका आलम पक्राउ

spot_img
spot_img

वीरगंज । स्राेत नखुलेकाे ७ लाख त्रिपन्न हजार रकमसहित हुण्डी कारोबारकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । वीरगञ्ज म.न.पा.वडा नं.२ श्रीराम सिनेमा हल पछाडीबाट पर्साकाे पोखरिया नगरपालिका वडा नं.९ बैरिया विर्ता बस्ने वर्ष ३५ को महम्द रिजवान आलमलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

आइतबार दिउसाे १:३० बजे विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं. २ श्रीराम सिनेमा हल पछाडि गोरेटो सडक खण्डबाट आलमलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

उक्त सडकखण्डमा प्रदेश २-३-०१२ प २०४६ नम्बरको प्लाटिना मोटरसाईकल रोकी चेकजाँच गर्दा आलमले लगाएको जिन्सपाइन्टको खल्तीमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रू.७ लाख ५३ हजार ३ सय फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उक्त रकम बरामद गरी उल्लेखित मोटरसाइक सहित आलमलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...