Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

रहबर केयरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ३१ स्थित मिलन चाैकमा रहेकाे रहबर केयर सेन्टरमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

गौतम स्कूल, माट्रीका फाउन्डेसन तथा रहबर फाउन्डेसनको संयुक्त आयोजनामा भएकाे शिविरमा आँखा रोग, स्त्री रोग, बालरोग, हाडजोर्नी लगायत अन्य रोगहरुबाट ग्रसित विरामीहरुकाे चेक जाँच भएकाे थियाे ।

शिविरमा  विभिन्न राेगका एक हजार भन्दा बढी बिरामीले आफ्नाे स्वास्थ्य परिक्षण गराएकाे रहबर केयरका जुबेर आलामले जानकारी दिए । शिविरमा गण्डक हस्पिटलका डा. संजय गुप्ता, डा. मन्जु राय लगायतका चिकित्सका तथा स्वास्थ्यकर्मीहरुले बिरामीहरुकाे स्वास्थ्य परिक्षण गरेकाे उनले वताए ।

शिविरमा बिरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएकाे रहबर केयरका संचालक कुन्द्रनयन अन्सारीले वताए ।

रहबर केयरका निर्देशक रहबर अन्सारीकाे अध्यक्षता र माट्रिका फाउन्डेसनका संचालक डा. किशाेर प्रधानकाे प्रमुख आतिथ्यतामा भएकाे शिविरमा गाैतम स्कुलका संचालक साेनम लामा, वीरगंज ३१ का वडाध्यक्ष जितेन्द्र यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

शिविरमा गाैतम स्कुलका छात्र/छात्राहरुले स्वयंसेवककाे भुमिका निर्वाह गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...