Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

भ्रष्टाचार मुद्दामा वीरगंज १६ का निवर्तमान वडाध्यक्षलाई ३ महिना कैद

spot_img
spot_img

वीरगंज । विशेष अदालतले भ्रष्टाचार मुद्दामा वीरगंज महानगरपालिका वडा नं. १६ का निवर्तमान वडाध्यक्ष श्यामबाबु प्रसाद चाैरसियालाई सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका दुई जनालाई भने जरिवाना सुनाइएको हो । 

न्यायाधीशत्रय रमेश कुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले बिहीबार फैसला गर्दै वडाध्यक्ष चौरसियालाई रु १० हजार रुपैयाँ जरिवाना र ३ महिना कैद सजाय सुनाइएको अदालत स्राेतले जनाएकाे छ । 
 
यसैगरी जग्गा बिक्री गर्ने जहराती मियाँ धुनियाँलाई रु ८० हजार र जग्गा खरिदकर्ता ग्यान्ती देवीलाई रु ९० हजार रुपैयाँभन्दा बढी जरिवाना भराउने फैसला भएको छ । वीरगंज १६ का निवर्तमान वडाध्यक्ष चौरसियाले आफ्नो वडामा पर्ने धुनियाको जग्गा न्यून मूल्यांकन गरी सरकारलाई हानी नोक्सानी पुर्‍याएको आरोप अख्तियारको थियो ।

जग्गा विक्रेता धुनिया र खरिदकर्ता ग्यान्ती देवीलाई पनि प्रतिवादी बनाएको थियो ।

चौरसियाले प्रतिकठ्ठा ६० लाख पर्ने जग्गालाई जग्गाको थैली रकम कम राखेको अख्तियारको अनुसन्धानले देखाएको हो । ११ धुर जग्गाको खरिद विक्रिका क्रममा थैली रकम कम राख्दा सरकारलाई रजिष्ट्रेसन वापत झन्डै ९५ हजार र पुँजीगत लाभकर बापत साढे ८२ हजार रुपैयाँ नोक्सान भएको देखिएको थियो । 

जसपछि अख्तियारले राजस्वमा हानी पुर्‍याउने, गैरकानूनी लाभ लिएको, गलत लिखत तयार गरेरसमेत भ्रष्टाचारजन्य कसूर गरेको भन्दै ९ जेठ २०७७ मा मुद्दा दायर गरेको थियो । जसमाथि बिहीबार आंशिक ठहर हुनेगरी फैसला आएको हो । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...