Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

ठाेरीबाट लागु औषधसहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे ग्रामिण भेगबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । ठोरी गाउँपालिकाकाे वडा नं. २ सितागुफा नजिक सडक खण्डबाट साेही ठाउँ निवासी ३० बर्षिय रबिन्द्र कुमार साहलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

 बिहिबार राति १०:४५ बजे राती ठोरी गाउँपालिकाको बाटो हुँदै पैदल यात्रीहरूले लुकाइछिपाई अवैध लागु औषध भारतबाट नेपालतर्फ भित्र्याउदै गरेको भन्ने विशेष सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको गस्ती टोलीले साहलाई पक्राउ गरेकाे हाे ।

ठोरी गाउँपालिका वडा नं. २ सितागुफा नजिक सडक खण्डमा भारतको भिखनातर्फबाट नेपालको सुन्दरबस्ती तर्फ आउँदै गरेका साह संकाष्पदरूपमा टाउँकोमा जुटको बोरा लिई हिँडिरहेकोमा उक्त व्यक्तिलाई रोकी जाँच गर्दा लागु औषध फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

साहले बाेकेकाे जुटको बोरा भित्र काेडिवेल कफ सिरफ १०० एमएलकाे ४७४ बाेत्तल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए । पक्राउ परेका साहमाथी लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेकाे उनले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...