Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

ठाेरीबाट लागु औषधसहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे ग्रामिण भेगबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । ठोरी गाउँपालिकाकाे वडा नं. २ सितागुफा नजिक सडक खण्डबाट साेही ठाउँ निवासी ३० बर्षिय रबिन्द्र कुमार साहलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

 बिहिबार राति १०:४५ बजे राती ठोरी गाउँपालिकाको बाटो हुँदै पैदल यात्रीहरूले लुकाइछिपाई अवैध लागु औषध भारतबाट नेपालतर्फ भित्र्याउदै गरेको भन्ने विशेष सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको गस्ती टोलीले साहलाई पक्राउ गरेकाे हाे ।

ठोरी गाउँपालिका वडा नं. २ सितागुफा नजिक सडक खण्डमा भारतको भिखनातर्फबाट नेपालको सुन्दरबस्ती तर्फ आउँदै गरेका साह संकाष्पदरूपमा टाउँकोमा जुटको बोरा लिई हिँडिरहेकोमा उक्त व्यक्तिलाई रोकी जाँच गर्दा लागु औषध फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

साहले बाेकेकाे जुटको बोरा भित्र काेडिवेल कफ सिरफ १०० एमएलकाे ४७४ बाेत्तल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए । पक्राउ परेका साहमाथी लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेकाे उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

छोरीको कोर्ट म्यारिज प्रकरणमा रास्वपा धनुषाका सभापति र एसपीबीच विवाद

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका सभापति लक्ष्मेश्वर यादव र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काबीच छोरीको कोर्ट म्यारिज...

‘अर्नब’ चक्रवातको प्रभाव पर्न सक्ने भन्दै पर्सामा उच्च सतर्कता अपनाउन आग्रह

वीरगञ्ज । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय...

गोलबजारका तत्कालीन मेयर देवनाथ साहुसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नगरपालिकाको हाटबजार ठेक्का प्रक्रियामा एक करोड ६०...