Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

वडाध्यक्ष यादवकाे स्व. आमाकाे पुन्य तिथीमा बृक्षाराेपण

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गााउँपालिका वडा नं.३ का वडाध्यक्ष सुभाष कुमार यादव र वीरगंजनगरपालिकाकाे एडिबी परियोजना व्यवस्थापक इन्जिनियर नगिना यादवकी आमा स्व. शारदा देवीको १३ औं दिनकाे पुन्य तिथिमा बिहिबार श्रद्धाञ्जली सभा र बृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ ।

जगरनाथपुर गाउँपालिकाकाे वडा नं.३ गढैयास्थित निजनिवासमा भएकाे श्रद्धान्जली सभामा सहभागिहरुले स्व. आमाकाे तस्बिरमा फुल माला र अविरकाे टिका लगाएर श्रद्धान्जली अर्पण गरेका थिए । श्री बाबा बैजनाथ आधारभुत बिद्यालय गढैयामा बृक्षाराेपण गरिएकाे नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव बलिष्टर अहमदले वताए ।

साथै आमाकाे सम्झनामा छाेराद्वय सुभाष र नगिनाले श्री बाबा बैजनाथ आधारभुत बिद्यालय गढैयालाई व्हाट बोर्ड समेत सहयाेग गरेकाे क्षेत्रिय सचिव अहमदले जानकारी दिए ।

नेपाली काङ्ग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीकाे प्रमुख आतिथ्यतामा भएकाे श्रद्धान्जली सभा तथा बृक्षाराेपण कार्यक्रममा प्रदेश सभा सदस्य शंकार प्रसाद चौधरी, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, नेपाली कांग्रेस पर्साका जिल्ला कोषाध्यक्ष प्रेमबहादुर थापा, नेता सहरुम राउत गद्दी, क्षेत्रीय सचिव बलिष्टर अहमद, क्षेत्रीय कोषाध्यक्ष बिनय भूषण द्विवेदी, सुरेन्द्र सिंह क्षेत्री, वडाध्यक्ष बिहारी महताे नुनिया, नेपाली प्रसाद कुशवाहा लगायतको उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...