Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा मधेश विश्वविद्यालयकाे स्थापना

spot_img
spot_img

वीरगंज । मधेश विश्वविद्यालयकाे बुधबार औपचारिक रुपमा स्थापना गरिएकाे छ । पर्सा जिल्लाको सदरमुकाम वीरगंजमा कार्यालय रहने विश्वविद्यालयको स्थापना गरिएकाे हाे । वीरगंजस्थित भिस्वा हाेटमा आयाेजिक एक भन्य कार्यक्रमका बिच पूर्व उप प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विश्व विद्यालयकाे उद्घाटन गरे ।

विश्व विद्यालयकाे उद्घाटन गर्दै अध्यक्ष यादवले प्राविधिक शिक्षा आजको आवश्यक्ता रहेको बताए । यादवले अहिलेको वैज्ञानिक युगमा प्राविधिक शिक्षाको बढि माग रहेकोले सामान्य शिक्षा भन्दा पनि आजको शिक्षाको आवश्यक्तालाई मध्यनजर गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए ।

यस विश्व विद्यालयबाट उत्पादन भएको विद्यार्थीहरु कहिँ पनि भौतारिनुपर्ने अवस्था नरहोस् भन्ने खालको शिक्षा प्रदान गर्नुपर्ने उनको भनाई थियो । विकसित मुलुकहरुमा काम गर्न जाँदा डिग्री भन्दा पनि कुन काम गर्न सक्ने क्षमता बढि अर्थ राख्ने गरेकोले यहाँका शिक्षालाई पनि डिग्री भन्दा काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्ने विश्वविद्यालयको रुपमा स्थापित गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादवले धेरै चुनौतिकाबीच वीरगंजमा मधेश विश्वविद्यालयको स्थापना भएको बताए । मधेश विश्वविद्यालय स्थापना हुनु आफैमा चुनौति थियो, यहाँ विश्व विद्यालय हुनुपर्छ भनेर हामी देशका ठूलठूला राष्ट्रिय नेताहरुको चौकठमा गएर गुहारेका छौं, तर कसैले सुनेन, मधेश आन्दोलनको अगुवाई गर्ने उपेन्द्र यादवले यसको पहल गरे, जसको परिणाम अहिले वीरगंजले विश्व विद्यालय पाएको बताए ।

भोलिका दिनमा यसलाई कसरी संचालनमा ल्याउने, हामीसँग आफ्नो जग्गा छैन, यस्ता धेरै चुनौतिहरु छन्, तर मधेश सरकारले एउटा असर व्यक्तिलाई जिम्मेवारी दिएको छ, मलाई विश्वास छ, उहाँको देनले यो सबै समस्याको समाधान हुने बताए ।

वीरगंजमा बनेका नारायणी रंगशाला, नारायणी अस्प्ताल, ठाकुरराम बहुमुखी क्याम्पस लगायत विभिन्न संस्थाहरु यहाँको जनताको सहयोगले बनेको छ, र मधेश विश्वविद्यालय पनि यहाँको जनताको सहयोगले नै स्थापित हुने विश्वास व्यक्त गरे ।

गुठी सँस्थानको जग्गा धेरै छ, तर त्यहाँ माफियाहरुको रजगज छ, वनको पनि धेरै जग्गा छ तर त्यो पनि माफियाहरुको चँगुलमा छ, हामी विश्व विद्यालय स्थापनाको लागि जग्गाको व्यवस्थामा छौं, उपकुलपतिको योगदान र यहाँको नागरिकहरुको सहयोगले पक्कै यो विश्वविद्यालय स्थापित हुने बताए ।

मधेश प्रदेशका मुख्यमन्त्री एवं मधेश विश्वविद्यालयका कुलपति लालबाबु राउत गद्दीले वीरगंज विश्व विद्यालयको स्थापना २५ वर्षको सपना पुरा भएको बताए । उनले २०५४ सालदेखि नै वीरगंजमा विश्वविद्यालयको स्थापना हुनुपर्छ भनेर विभिन्न पक्षबाट संघर्ष हुँदै आएकोमा राजनीतिक पहुँच पुग्न नसकेको स्थापना हुन नसकेको भन्दै हाल आएर २५ वर्षको संघर्षको सपना पुरा भएको बताए ।

मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा दिपक शाक्यले विश्वविद्यालयको लागि पर्साको ग्रामीण भेगमा १० बिघा जग्गामा भौतिक संरचना निर्माण गर्ने र आवश्यक तयारी ५ वर्षमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जग्गा खरीदको लागि १ अर्ब लगानी गर्ने दाता पनि भेटिसकेको र थप लगानी केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय तहबाट समन्वय गरी अगाडि बढ्ने योजना रहेको बताए ।

वीरगंज, मुर्लीमा रहेको नेशनल ट्रेडिङभित्र विश्वविद्यालयकाे कार्यालय स्थापना गरिएको छ । यसको बिहीवार बिहान औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहको सभापतित्वमा भएकाे कार्यक्रममा पूर्वाञ्चल युनिभरसिटिका पूर्व उपकुलपति डा. रामअवतार यादव, पश्चिमाञ्चल युनिभरसिटिका पूर्व उपकुलपति उपेन्द्र कोइराला, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतले आ आफ्नो शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा मधेश विश्वविद्यालयमा उपकुलपतिमा नव नियुक्ति प्राध्यापक डा. दिपक शाक्यलाई मुख्यमन्त्री लालबाबु राउत गद्दीले नियुक्ति पत्र समेत प्रदान गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...