Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

“रहबर केयर फिजियो थेरापी“ ले रहबरकाे चर्चा

spot_img
spot_img

परवानीपुर । राजनीतिबाट एउटा अलग नै पहिचान बनाउन सफल भएका वीरगंजका चर्चित युवा तथा नेकपा (माओवादी केन्द्रका) केन्द्रिय सदस्य रहबर अन्सारी यतिबेला निकै चर्चामा देखिएका छन । त्यो चर्चाको बिषय भनेको उनले सञ्चालन गरेका निःशुल्क “रहबर केयर फिजियो थेरापी“ हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १४ बहुअरीमा संचालित रहबर केयर फिजीयो थेरापी जुन निःशुल्क रूपमा आम नागरिकलाई ५ दिनदेखि सेवा दिदै आएको छ । रहबर फाउन्डेसनबाट संचालित कोरियन प्रविधि र पद्धतिबाट गरिने निःशुल्क थर्मल थेरापी सेवाबाट दिनहु १५० भन्दा बढीले निरन्तर सेवा लिईरहेका छन ।

खासगरी मृगौला सम्बन्धी समस्या, हातखुट्टा, कम्मरको दुखाइ, मुटु सम्बन्धी समस्या, पायल्स, ग्यास्टिक, कब्जियत, थाइराइड, प्यारालाइसिस, निन्द्रा नलाग्ने, निमोनिया आदि रोग भएका बिरामीहरूलाई रहबर केयरले निःशुल्क रूपमा फीजियो थेरापीको मदतले उपचार गर्दै छ ।

यो सेवा वडा नं. १४ बहुअरी र वडा नं ३१ मिलन चोकमा बिगत दुइ महिनादेखि गरी दुई ठाउँमा सञ्चालनमा रहेको फाउन्डेसनका प्रदीप श्रेष्ठले जानकारी दिए । उनले वडा नं. १४ बहुअरी टोलमा पर्सा र बाराका स्थानीयहरूले निरन्तर रूपमा सेवा लिइरहेको र सेवा गर्न अवसर पाएकोमा फाउन्डेसनका संचालक रहबर अन्सारी अति नै खुसि बयक्त गरे । साथै उनले मेरो चाहना नै यहि थियो भन्ने कुरा बताए ।

युवा नेता अन्सारी राजनीतिको साथ साथै सामाजिक कार्यमा पनि निरन्तर साथ र सहयोग गर्दै आएका छन । सेवाको भावनाले नै यो कार्यको आरम्भ गरिएको फाउन्डेसनले जनाएकाे छ । यती बेला देशभर प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी पनि सुरु भइसकेको छ । विगतमा स्थानीय र प्रदेश सभाको निर्वाचनमा माओवादी पार्टीबाट टिकट लिई चुनाव लडेका युवा नेता रहबर यसपालि प्रदेश सभाको र्निवाचनमा गठबन्धनबाट चुनाव लडने तयारीमा छन ।

आम जन समुदायमा र खासगरी युवा वर्गमा आफ्नो छाप बनाउन सफल भएका नेता रहबरलाई प्रदेश सभाको टिकट निश्चित जस्तै रहेकाे वताइन्छ । यदि नेता अन्सारी साच्चिकै प्रदेश सभाको निर्वाचनमा भाग लिने हो भने यसपाली राम्रो रिजल्ट ल्याउन सक्ने राजनीतिक जानकारहरु बताउँछन । यसका लागि नेता रहबर आफ्नो क्षेत्रमा चुनावको तयारी समेत सुरु गरिसकेका छन ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार पुनः सुरु, बाँकी संरचना हटाउने अभियान निरन्तर चल्ने

वीरगंज । वीरगंजको मुख्य सडकअन्तर्गत घण्टाघरदेखि अलखियामठसम्मको सडकखण्डमा बाँकी रहेका संरचना हटाउने कार्य बुधबारदेखि पुनः सुरु गरिएको छ । सडक डिभिजन कार्यालय, हेटौँडाले त्रिभुवन...

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...