Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

वीरगंजकाे छपकैयाबाट शंकास्पद ३ भारतिय महिला पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं. २ छपकैया स्थितबाट ३ जना शंकास्पद महिलाहरुलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताले भारतकाे नरकटियागंज निवासी मैरुन नेशा, छाटाेटी खातुन र शैरी खातुनलाई नियन्त्रणमा लिएकाे हाे ।

बच्चा चोरी गर्न ति महिलाहरु आएकाे स्थानीयहरुको सूचनाको आधारमा वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा खटिएको टोलीले तीनै जना अधवैशे महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ ।

प्रहरी निरिक्षक मल्लाका अनुसार पक्राउ पर्ने तिनैजना महिला भारतीय नागरिक हुन् । भारतको रक्सौलस्थित इस्लामपुर बस्दै आएका तिनै जना महिला ५० देखि ५५ वर्ष उमेर समूहका रहेका छन् ।

भारतमा बच्चा चोर्ने घटनाहरु वृद्धि भएको सामाजिक सञ्जालमा छ्याप छ्यापी भएपछि नेपालमा पनि भारतीय महिलाहरुले बच्चा चोर्ने आएको हुन सक्ने आशंकामा छपकैयाबासीले प्रहरीलाई खबर गरेपछि तुरुन्तै छपकैयामा पुगी अनुसन्धानका लागि ति महिलाहरुलाई नियन्त्रणमा लिएकाे प्रहरी निरिक्षक मल्लले वताए । 

ति महिलाहरुको आफन्तले औठीको व्यापार गर्ने महिलाहरुलाई बच्चा चोरीको आरोप लगाई पक्राउ गरिएको बताएका छन्  । भारतको नरकटियागन्ज घर भई छपकैयास्थित डेरा लिई बस्दै औठीको व्यापार गर्दै आएको उनका आफन्तहरुकाे भनाई छ । 

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले पनि ति महिलाहरु औठी बेच्ने, छारफुकको नाममा दुई चार पैसा लिई जडिबुटी दिने, राशीको औठी दिने कामहरु गर्दै आएको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म ति महिलाहरुले कुनै बच्चा चोरेको घटना जानकारीमा नआएकोले बच्चा चोर नै हो भनेर भन्न नमिल्ने भन्दै उनीहरुकाे साथबाट झारफुकमा प्रयोग हुने केही जडिबुटी, माला, पत्थरका ओठी लगायतका सामानहरु समेत बरामद भएको बताए ।

अनुसन्धानको क्रममा उनीहरुले कुनै विरामी बच्चाहरुलाई झारफुक गर्ने, जडिबुटी दिने, राशीको औठी हो भन्नै पत्थरको औठी दिने र त्यसबाट १ सयदेखि २ सय रुपैयासम्म लिने गरेको पाइएको बताए । उनीहरु भारतको रक्सौल स्थित इस्लामपुरमा बस्दै आएपनि विगत तीन चार दिनदेखि वीरगंजको विभिन्न टोलहरुमा गई झारफुकको नाममा पैसा ठग्ने गरेको पाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

उनका अनुसार ति महिलाहरु विरुद्ध कुनै किटानी जाहेरी पनि परेको छैन, बच्चा चोरी नै गरेको छ भन्ने प्रमाणित भएको छैन, बाहिरबाट आएकोले शंकास्पद लाग्नु स्वभाविक हो तर कुनै बच्चा चोरी भएको घटना पनि जानकारी नआएको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...