Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

जिल्ला वन पैदावार आपूर्ति समिति, पर्साको अध्यक्षमा कुशवाहा

spot_img
spot_img

वीरगंज । जिल्ला वन पैदावार आपूर्ति समिति, पर्साको अध्यक्षमा किशोरी प्रसाद कुशवाहा न्युक्त भएका छन् । बहुदरमाई नगरपालिकाकाे वडा नं. ९ निवासी कुशवाहालाई मधेश प्रदेश सरकारकाे उद्याेग, पर्यटन तथा वन मन्त्रालयले समितिकाे पर्सा अध्यक्षमा मनाेनयन गरेकाे हाे ।

मन्त्रालयकाे २०७९/०५/०९ गतेकाे मन्त्रिस्तरिय निर्णय अनुसार कुशवाहालाई जिल्ला वन पैदावार आपूर्ति समिति, पर्साको अध्यक्षको रुपमा मनोनयन गरिएको मन्त्रालयका सहायक वन अधिकृत लालबाबु यादवले जानकारी दिए ।

मधेश प्रदेश, प्रदेश वन ऐन, २०७० को दफा ९४ (१) को प्रावधान अनुसार कुशवालाई मनाेनयन गरिएकाे उनले वताए । कुशवाहा नेकपा एकीकृत समाजवादीका केन्द्रिय लेखा आयाेगका सदस्य हुन् ।

मन्त्रालयले अपेक्षा राख अनुसार  मधेश प्रदेश सरकारको उद्देश्य बमोजिम जिल्ला वन पैदावार आपूर्ति समितिमा रही जिल्लामा वन पैदावारको आपूर्ति र न्यायोचित वितरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नवनियुक्त अध्यक्ष कुशावाहाले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...