Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरमा कक्षा १२ पास भएकाहरु अध्यक्ष यादवद्वारा पुरस्कृत

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मसिहानीमा रहेकाे श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा १२ काे परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विधार्थीहरुलाइ सम्मान गरिएको छ ।

विद्यालय मै मङ्गलबार आयाेजित कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले कक्षा १२ काे परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल ३ जना छात्र र ३ जना छात्राहरुलाई सम्मान गरेका हुन् । त्यस अवसरमा गाँउपालिका अध्यक्ष यादवले विधालयका शिक्षकहरुलाई पनि खादा लगाएर सम्मान गरेका थिए ।

त्यसैगरी कार्यक्रममा कक्षा १२ उर्तिण अन्य विद्यार्थीहरुलाई पनि डायरि र पेन दिएर पुरस्कृत गरिएको बलिस्टर अहमदले जानकारी दिए ।

कार्यक्रममा बाेल्दै गाँउपालिका अध्यक्ष यादवले कक्षा १२ पास गरेका छात्र छात्राहरुकाे आगामी उच्च शिक्षाको सफलता र उज्वल भविष्यकाे लागि शुभकामना दिए । उनले शिक्षा क्षेत्रकाे सुधार र विकास आफनाे मुख्य प्राथमिकतामा रहेकाे बताउदै यसमा आफुले कुनै सम्झौता नगर्ने पनि बताए ।

कार्यक्रममा जगरनाथपुर गाउँपालिकाकी उप-प्रमुख बबिता सिंह, प्रमुख प्रशाकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष बिहारी महतो नुनिया, शिक्षा शाखा प्रमुख लालदेव प्रसाद यादव, विद्यालयका प्रधानाध्यापक नयाजुदिन मिया तेलि, नेपाल विधार्थी संघका गाँउपालिका सभापति मन्जय गिरि लगायतकाे पनि सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...