Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

मानव बेचविखन बिरुद्धकाे राष्ट्रिय दिवस वीरगंजमा पनि मनाइयाे

spot_img
spot_img

वीरगंज । मानव बेचविखन बिरुद्धकाे १६ औं राष्ट्रिय दिवस साेमबार वीरगंजमा पनि मनाइएकाे छ ।  इसिएचओ/आइओएमको आर्थिक सहयोग सेभ द चिल्ड्रेन र आसमान नेपालको आयोजना र वीरगंज महानगरपालिकासंगको सहकार्य तथा समन्वयमा संचालित काेभिड १९ प्रतिकार्य, पुर्व तयारी, जिसिपिएस तथा केश व्यवस्थापन परियोजना अन्तर्गत र्‍याली तथा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएकाे हाे ।

वीरगंजकाे घण्टाघरबाट निस्केकाे र्‍याली लिंक राेड भएर बस स्टेन हुँदै पुन घण्टाघर मै पुगी काेण सभामा परिणत भएकाे थियाे । 

काेण सभालाई सम्बाेधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मानव बेचविखन रोक्नका लागि हामी सबै आ आफना क्षेत्रबाट सहयोग गर्नु पर्ने वताए । त्यसकाे लागि आ आफ्नाे ठाउँबाट प्रतिबद्ध हुने उनले आग्रह समेत गरे ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वीरगंज महानगरपालिका, सामुदायिक प्रहरी, एसओडिसिसी, डिवाईसी, आसमान नेपाल, भाइती नेपाल, सानाहातहरु, आफन्त नेपाल, सानो पाइला, आवर संसार, नगर वाल संजाल, टिपीओ नेपाल, फेडोको साथै अन्य कार्यालयहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएकाे आसमान नेपालका परियोजना संयोजक हरेराम ठाकुरले जानकारी दिए । मानव बेचबिखन निर्मुल गर्ने उदेश्यले आयोजन कार्यक्रममा गरिएकाे उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...