Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

मानव बेचविखन बिरुद्धकाे राष्ट्रिय दिवस वीरगंजमा पनि मनाइयाे

spot_img
spot_img

वीरगंज । मानव बेचविखन बिरुद्धकाे १६ औं राष्ट्रिय दिवस साेमबार वीरगंजमा पनि मनाइएकाे छ ।  इसिएचओ/आइओएमको आर्थिक सहयोग सेभ द चिल्ड्रेन र आसमान नेपालको आयोजना र वीरगंज महानगरपालिकासंगको सहकार्य तथा समन्वयमा संचालित काेभिड १९ प्रतिकार्य, पुर्व तयारी, जिसिपिएस तथा केश व्यवस्थापन परियोजना अन्तर्गत र्‍याली तथा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएकाे हाे ।

वीरगंजकाे घण्टाघरबाट निस्केकाे र्‍याली लिंक राेड भएर बस स्टेन हुँदै पुन घण्टाघर मै पुगी काेण सभामा परिणत भएकाे थियाे । 

काेण सभालाई सम्बाेधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मानव बेचविखन रोक्नका लागि हामी सबै आ आफना क्षेत्रबाट सहयोग गर्नु पर्ने वताए । त्यसकाे लागि आ आफ्नाे ठाउँबाट प्रतिबद्ध हुने उनले आग्रह समेत गरे ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वीरगंज महानगरपालिका, सामुदायिक प्रहरी, एसओडिसिसी, डिवाईसी, आसमान नेपाल, भाइती नेपाल, सानाहातहरु, आफन्त नेपाल, सानो पाइला, आवर संसार, नगर वाल संजाल, टिपीओ नेपाल, फेडोको साथै अन्य कार्यालयहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएकाे आसमान नेपालका परियोजना संयोजक हरेराम ठाकुरले जानकारी दिए । मानव बेचबिखन निर्मुल गर्ने उदेश्यले आयोजन कार्यक्रममा गरिएकाे उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...

दुई दशकदेखि बन्द वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको बहस फेरि सुरु

वीरगञ्ज । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने विषय फेरि चर्चामा आएको छ। सरकारले गत भदौ १ गते...