Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

साहारा दैनिकले आफ्नाे २० औं बार्षिकाेत्सव आश्रममा मनायाे

spot_img
spot_img

वीरगंज । वीरगंजबाट प्रकाशित हुँदै आएको राष्ट्रिय सहारा दैनिक पत्रिकाले आफ्नो २० औं बार्षिकाेत्सव मानव सेवा आश्रममा मनाएकाे छ ।  पत्रिकाले २० बर्ष पुरा गरी २१ औं बर्षमा प्रबेश गरेकाे अवसरमा मानव सेवा आश्रम वीरगंज मै पुगी आश्रमलाई खाद्य समाग्री सहयोग गर्दै त्यँही केक काटेर बार्षिकाेत्सव मनाएको हाे ।

आश्रममा आयोजित कार्यक्रममा पत्रिकाका प्रकाशक एवं संचालक चन्द्रभुषण साहले आश्रमका संरक्षक डा. दिपक शाक्यलाई ५ बोरा चामल, ३० किलो दाल, १० लि. खाने तेल, एक पाकेट आयो नुन र २५ किलो आलु, प्याज हस्तनातरण गरेका हुन् ।

कार्यक्रममा वाेल्दै आश्रमका संरक्षक एवम् मधेश विश्व विद्यालयका उपकुलपति डा. दिपक शाक्यले सेवा र सहयाेगकाे भावनाले मनाउने उत्सवले मानव सेवा औचित्य चिनाउने वताए । उनले पहिला होटेलमा लाखौ खर्च गरेर मनाइने बार्षिकाेत्वस अहिले आएर आश्रममा मनाउने चलन सकारात्मक रहेकाे वताए ।

उनले भने “अति नै पबित्र स्थल मानव सेवा आश्रम हो, यहाँ गाँस, बास मात्र दिदैनौ, माया पनि दिन्छौ । याे सेवा भावनाले मात्र सम्भाव छ ।” आश्रममा सब भन्दा बढी खर्च औषधीमा हुने गरेकाे डा. शाक्ले वताउँदै आश्रममा हाल सम्म औषधिको अभाव अभाव मात्र हुने गरेकाे वताए । उनले औषधीकाे लागि सहयोग गर्नु पर्ने आग्रह समेत गरे ।

पत्रिकाका प्रकाशक चन्द्रभुषण साहको सभापतित्वमा भएको कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) का वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एवं पत्रिकाका सम्पादक बृजलाल पासवान, समाजवादी प्रेस संगठन नेपला पर्साका अध्यक्ष मनोज पटेल, दलित मुक्ति समाज पर्साका अध्यक्ष सुशिल हजरा, पत्रिकाका बिकास राैनियार, नेपाल पत्रकार महासंघ पर्साका सदस्य नरेश सर्राफ लगायत, मानव आश्रम वीरगंज शाखा संयाेजक शानु गुरुङ लगायतकाे उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन समाजवादी प्रेस संगठन पर्साका उपाध्यक्ष एवं फोटो पत्रकार महासंघ पर्साका कोषाध्यक्ष शम्भु कुमार सुमनले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...