Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

राष्ट्रिय फुल्कन्टयाक्ट कराटे छनौट खेलकुद प्रतियोगी सम्पन्न

spot_img
spot_img

परवानीपुर । ९ औं राष्ट्रिय फुल्कन्टयाक्ट कराटे छनौट खेलकुद प्रतियोगी आइतबार बाराको परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरमा सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद बाराका संयोजक भिखारी साहको अध्यक्षतामा सम्पन्न भएको प्रतियागतिमा जिल्ला भरिका खेलाडीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी जनता समाजवादी पार्टी (जसपा) नेपालका युवा नेता तथा गाउँपालिका अध्यक्षका प्रत्यासी संजु साहले प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले प्रतियोगितको सफलताको कामना गर्दै राम्रो खेलाडी छनोट हुनेमा आफू विश्वस्त रहेको बताए ।

उनले स्वास्थको लागि खेलकुद अति नै आवस्यक रहेको हुनाले यस्ता प्रतियोगिताहरू नियमित रूपमा गर्न आयोजकलाई आग्रह गरे । नेता साहले खेलाडी नै देशको गहना भएको हुनाले तिनै तहको सरकारले यसमा बढी भन्दा बढी लगानी गरी खेलाडीहरूको मनोबल बढाउन आग्रह गरे ।

उनले खेलाडीहरूको मनोबललाई बढाउन आफ्नो निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

सो अवसरमा परवानीपुर गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष गम्भीरा राउत कुर्मी, वडा सचिव सन्तोष नेपाली, स्वच्छ समाज युवा क्लबका उपाध्यक्ष उमेश साह, सदस्य प्रमोद यादव, प्राध्यापक सरोज यादव, बारा जिल्लाबाट आएका खेलाडी, आयोजका पदाधिकारी लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...