Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026

कांग्रेस पर्सा क्षेत्र नं. ४ काे भेला सम्पन्न, सर्वसहमत नेता रिजालकाे एकल नाम सिफारिस

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसबाट पर्सा क्षेत्र नं. ४ काे प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्यकाे उम्मेदवारकाे लागि पार्टीकाे केन्द्रिय सदस्य रमेश रिजालकाे एकल नाम सिफारिस भएकाे छ । जिराभवानी गाउँपालिकाको वडा नमबर ३ जितपुरको विवाह भवनमा आइतबार भएकाे क्षेत्रिय भेलाले नेता रिजालको एकल नाम सिफारिस गरेको हाे ।

प्रतिनिधिसभा क्षेत्रिय कार्य समितिका पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा ४ काे (क) र (ख) का प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश सभा क्षेत्रिय समितिका पदाधिकारी, सदस्य, गाउँ तथा वडा समितिका सभापति लगायतकाे उपस्थिती रहेकाे भेलाले मधेश प्रदेशका संयोजक समेत रहेका नेता रिजालको एकल नाम सर्वसम्मत रुपले माथिलाे तहमा सिफारिस गर्ने निर्णय भएकाे प्रतिनिधि सभा क्षेत्रिय सचिव बलिस्टर अहम्मदले बताए ।

क्षेत्रिय सभापति श्रीकान्त यादवको सभापतित्वमा भएको क्षेत्रिय भेलामा वाेल्ने वक्ताहरुले रमेश रिजालको बिकल्प नरहेको र वहालाई उम्मेदवार बनाई जिताए पछि मंत्री बन्ने पक्का रहेको बताएका थिए ।

नेता रिजालले जहिले पनि फोन रिसिभ गर्ने, जनता माझ सदैव तत्पर रहने, फोन रिसिभ नभए पछि फेरी फर्काउने, हरेक महिला, युवा तथा प्राैढसंग मेलमिलाप राख्ने, निडर, अनुभवी जस्ता स्वभावले गर्दा र हामी माझ वहाको बिकल्पमा अर्काे नेता हाल सम्म नरहेकोले क्षेत्रबाट एकल रुपमा नाम सिफारिस गर्न नहिचकिचाउन चारै तिरबाट आएपछि एकल रुपमै नाम सिफारिस गर्ने भेलाले निर्णय गरेकाे थियाे ।

पर्सा क्षेत्र नमबर ४ मा ३३ वटा वडा र ६ वटा पालिका रहेको छ । ६ वटा पालिकाका सभापतिहरु, ३३ वडाका सभापतिहरु, महाधिवेशन प्रतिनिधीहरुका साथै महिला सहभागी भएका हरेकको मनमा रमेश रिजाल नै उम्मेदवारको हल्ला गुन्जेको थियो र सो आवाज बुलन्द भई सिफरिस भएको पार्टीका कालिकामाई गाउँपालिकाका सभापति छठु साहले वताए ।

भेलामा डा. कृपा सिन्धु चौधरीले आफनो नाम पनि सिफारिस गर्न आग्रह गर्दा सहभागी सम्मपुर्ण वक्ताहरुले अब आउने समयमा जनताको काम काज सक्रिय रुपमा गर्न आग्रह गरेका थिए । आउने ५ बर्ष पछि डा. साहबको नाम पठाउने वक्ताहरुको आश्वासन थियाे ।

यस पाली नेता रिजालको बिकल्प नरहेको बताउँदै महावल रिजाल तिर एकत्रित भएको थियो । महाधिवेशन प्रतिनिधी सहरुम राउत गदीले रिजालको नाम नै सिफारिस गर्नु पर्ने र आफनो नाम प्रदेश सभा ४ काे (क) बाट समानुपातिमा पठाउन आग्रह गरेका थिए ।

प्रदेशका लागी पनि यस्तै सार्वजनिक रुपमा भेला भई नाम सिफारिस हुनु पर्ने तर त्यस्तो नभएकोले महाधिवेशन प्रतिनिधी गदीले दुखेसो पोखेका थिए । त्यसैगरी महाधिवेशन प्रतिनिधी रामदेव चौहानले नेता रिजालको नाम समर्थन जनाउँदै आफनो नाम पनि प्रदेश सभा ४ काे (क) बाट सामानुपातिकमा पठाउन आग्रह गरे ।

कार्यक्रममा प्रमुख अथितीको रुपमा रहनु भएका पर्सा जिल्ला कमिटीका प्रवक्ता रमेश पाण्डेले रमेश रिजालको डरले होईन वहाको कामले हरेक जनताको मनमा बस्नु भएका कारण एकल नाम सिफारिस गर्न सबैको मुखबाट आएको जिकिर गरेका थिए ।

नेता रिजाल पार्टीको चुनावको बेला क्षेत्रिय कमिटी देखी महाधिवेशन प्रतिनिधी सम्म सर्वसम्त गराउन सफल भएको वताए । उनले स्थानिय चुनावमा गल्ती गरेका क्षेत्र नम्बर ४ का कार्यकर्तालाई कार्यवाही नगर्न नेता रिजाल कै आग्रह कारण कारवाही पक्रिया अगाडी नबढेको अनुसान समितिका सभापति समेत रहेका प्रवक्ता पाण्डेले वताए ।

उनले मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचमा सुधार गर्न आग्रह गरे । 

जिल्ला समितिका सह सचिव नविन सिंहले यसपालिकाकाे निर्वाचनका कांग्रेसलाई जिताउनुकाे विकल्प नरहेकाे वताए । उनले सिंहले यस अघिकाे निर्वाचनमा पर्सा क्षेत्र नं. ४ बाट जितेका सांसदले आफ्नाे कार्यकालमा देखाई समेत नदिएकाे वताउँदै त्यस्ताे नेताकाे याे पालि बिदाई गर्नु पर्ने वताए । उनले सधै जनता माझ रहने नेपाली कांग्रेसका नेता रमेश रिजाललाई याे पालिकाे निर्वाचनमा जिताउनु पर्नेमा जाेड दिए ।

यस अघि नै पर्सा क्षेत्र नं. ४ काे (क) र (ख) बाट प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुकाे नाम सिफारिस भइसकेकाे वताइएकाे छ । 

पर्सा क्षेत्र नं. ४ काे (क) बाट प्रत्यक्ष तर्फ प्रदेशसभा सदस्यका उम्मेदवारका लागि बर्तमान प्रदेशसभा सदस्य शंकर चाैधरीकाे एकल नाम सिफारिस भएकाे पर्सा क्षेत्र नं. ४ का काेषाध्यक्ष विनय द्विवेदीले वताए । समानुपातिक तर्फ मधेश प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, महाधिवेश प्रतिनिधि रामदेव चौहान लगायतकाे ३ जनाकाे नाम सिफारिस भएकाे छ ।

यसैगरी पर्सा क्षेत्र नं. ४ काे (ख) बाट प्रत्यक्ष तर्फ प्रदेशसभा सदस्यमा किशाेर प्रसाद जयसवालकाे एक नाम सिफारिस भएकाे क्षेत्रिय सभापति दिपेन्द्र सिंहले वताए । समानुपतिक तर्फ कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेकाे एकल नाम मात्र सिफारसिस भएकाे वताइएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिल्ला अधिवेशन विवाद: वीरगंजमा रास्वपा कार्यकर्ताबीच कुटाकुट, ३ जना घाइते

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनअघि प्रतिनिधि छनोटको विषयलाई लिएर पार्टीभित्रको विवाद चर्किँदा कार्यकर्ताबीच हानाहान भएको छ । घटनापछि अधिवेशनको निर्वाचन...

गौतम माविमा छात्रवृत्ति परीक्षा सम्पन्न, एक हजार १४५ विद्यार्थी सहभागी

वीरगंज । वीरगंजस्थित गौतम माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति परीक्षा शनिबार सम्पन्न भएको छ । विद्यालयका अनुसार एलकेजीदेखि कक्षा ८ सम्मका...

जिराभवानी गाउँपालिकाले ल्यायो महत्वाकांक्षी नीति तथा कार्यक्रम

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण, सुशासन तथा आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीति तथा...